images

२०८३ कार्तिक ९ गते

images
images
images

कोदो खेती घट्दो, पिठोको माग उच्च

कोदो खेती घट्दो, पिठोको माग उच्च

images
images
सोमवार, कार्तिक ९ २०८३
सोमवार, कार्तिक ९ २०८३
  • जुम्ला, ९ कात्तिक । पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा रहेको छ । बजारमा कोदोको पिठो उच्च माग बढे पनि खेती गर्नेको सङ्ख्या बिस्तारै घट्दै जाने क्रममा रहेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिएका छन्।

    images
    images

    कोदोको उत्पादन वृद्धि, खेती विस्तार तथा उपभोगलाई बढाउने लक्ष्यसहित यहाँका स्थानीय तहको ध्यान जान सकेको छैन । लोपोन्मुख बनेको कोदो खेतीलाई प्रवद्र्धन गर्न सम्बन्धित निकायको कुनै चासो नगएको तिला–१ राराका अगुवा किसान नर रावतको भनाइ छ ।

    यहाँका गाउँघरमा कोदो खेतीतर्फ किसानको आकर्षण बढेको छैन । तरकारी र नगदे बालीमा किसानले महत्व दिएर खेती गरिरहेका छन् । विशेषगरी यहाँको तिला, हिमा, सिंजा, पातारासी र तातोपानी गाउँपालिकामा कोदो खेती उत्पादन बढी हुने गरेको छ । पछिल्लो समयमा खेती गर्नेको सङ्ख्या घट्दै गएको तिला –५ का वडाध्यक्ष ललित शाहीले बताएका छन्।

    images
    images

    हाल कोदोको पिठो प्रतिकेजी २०० ले बिक्री हुने गरेको छ । विशेषगरी आन्तरिक पर्यटनको रोजाइमा पर्न गएको छ । बजारमा अत्यधिक माग हुने गरेको स्थानीय व्यापारी अर्जुन बुढाको भनाइ छ । जिल्लामा उत्पादित रैथानेबाली पछिल्ला वर्षमा लोप हुँदै गएकोप्रति यहाँका किसानले चिन्ता व्यक्त गरेका छन् । खेतीयोग्य जमिनमा रैथाने बाली हराउन थालेको छ । अहिले कृषि पेसामा युवा जनशक्तिको आकर्षण छैन । खेतीयोग्य जमिनमा अहिले खेती गर्न छाडेर बाँझो बनाउन थालिएको छ ।

    परम्परागत रूपमा खेती गर्ने पाका पुस्ताले मात्र रैथानबाली लगाउँदै आएका छन् । पुराना अन्नबाली उत्पादनमा युवाको चासो नै छैन । दशक अघिसम्म ग्रामीण क्षेत्रका उच्च भागमा कोदोको खेती व्यापक हुन्थ्यो तर अहिले तिनको उत्पादनमा कमी भए पनि बजारमा माग भने बढेको यहाँका स्थानीय  व्यापारी बताउँछन् ।

    कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा गत आर्थिक वर्षमा तीन हजार ८५० मेट्रिकटन कोदो उत्पादन भएको छ । यो उत्पादन विगतको तुलनामा धेरै न्यून हो । हाल यहाँका आठवटै स्थानीय तहमा दुई हजार ७४० हेक्टर क्षेत्रफलमा कोदो खेती भइरहेको कृषि विकास कार्यालयले जनाएको छ  ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend