images

२०८३ कार्तिक ९ गते

images
images
images
  • विश्व
  • इजरायलद्वारा निर्वाचनका दिन वेस्ट बैंकका सबै...

इजरायलद्वारा निर्वाचनका दिन वेस्ट बैंकका सबै स्थल मार्ग बन्द गर्ने घोषणा

इजरायलद्वारा निर्वाचनका दिन वेस्ट बैंकका सबै स्थल मार्ग बन्द गर्ने घोषणा

images
images
आइतवार, कार्तिक ९ २०८३
आइतवार, कार्तिक ९ २०८३
  • काठमाडौं । इजरायलले आगामी अक्टोबर २७ मा हुने निर्वाचनका दिन वेस्ट बैंकसँग जोडिएका सबै स्थल मार्ग बन्द गर्ने घोषणा गरेको छ। प्यालेस्टिनी बन्दुकधारीको आक्रमणमा दुई इजरायली सैनिक मारिएपछि इजरायली सेनाले वेस्ट बैंकमा सैन्य कारबाही तीव्र बनाएको हो।

    images
    images

    इजरायली सेनाले हेब्रोन सहरमा कारबाही गर्दै करिब दुई हजार प्यालेस्टिनीलाई विस्थापित गराएको भोलिपल्ट मार्ग बन्द गर्ने घोषणा गरेको हो। रक्षामन्त्री इजरायल काट्जले हमाससँग सम्बन्धित समस्या समाधान नभएसम्म विस्थापितहरूलाई घर फर्कन नदिइने बताउनुभएको छ।

    शुक्रबार प्यालेस्टिनी सहरनजिकैको जाँच चौकीमा भएको आक्रमणमा दुई इजरायली सैनिकको मृत्यु भएको थियो भने अन्य तीन जना घाइते भएका थिए। हमासले आक्रमणको जिम्मेवारी नलिए पनि त्यसको प्रशंसा गरेको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आक्रमणमा संलग्न पक्षले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।

    images
    images

    इजरायली सेनाका अनुसार आइतबारदेखि प्यालेस्टिनी कामदारलाई वेस्ट बैंकका इजरायली बस्ती, औद्योगिक क्षेत्र र जोर्डन उपत्यकामा प्रवेश गर्न रोक लगाइनेछ। निर्वाचनको दिन भने सबै स्थल मार्ग बन्द रहनेछन्।

    सेनाले शुक्रबार र शनिबार वेस्ट बैंकका ४० स्थानमा कारबाही गरेको जनाएको छ। उक्त क्रममा हमास र इस्लामिक जिहादजस्ता सङ्गठनसँग आबद्ध व्यक्तिसहित करिब ४० जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको छ।

    हेब्रोनको एन देर बहा क्षेत्रमा सैनिकहरूले राति लाउडस्पीकरमार्फत स्थानीय बासिन्दालाई घर खाली गर्न निर्देशन दिएका थिए। विस्थापितमध्ये वृद्ध तथा बिरामीसमेत रहेको स्थानीय बासिन्दाले बताएका छन्।

    यसैबीच, प्यालेस्टिनी प्राधिकरणले सैन्य कारबाहीबाट प्रभावित नागरिकको सुरक्षाका लागि इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब बढाउन आह्वान गरेको छ। इजरायलका अर्थमन्त्री बेजालेल स्मोट्रिचले आक्रमणपछि अवैध संरचना भत्काउने आदेश दिएको बताउनुभएको छ।

    इजरायली सेनाले सैन्य कारबाही केही दिनसम्म जारी रहने जनाएको छ। प्रधानमन्त्री नेतान्याहुको पछिल्लो अभिव्यक्तिले वेस्ट बैंकमा थप व्यापक सैन्य अभियान हुन सक्ने सङ्केत गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend