images

२०८३ कार्तिक ९ गते

images
images
images

चेल्सीलाई २–० ले हराउँदै टोटेनहम विजयी

चेल्सीलाई २–० ले हराउँदै टोटेनहम विजयी

images
images
आइतवार, कार्तिक ९ २०८३
आइतवार, कार्तिक ९ २०८३
  • काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हटस्परले चेल्सीलाई २–० गोलले पराजित गरेको छ। शनिबार राति चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा जित निकाल्दै टोटेनहमले लगातार दोस्रो लिग जित दर्ता गरेको हो।

    images
    images

    खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा टोटेनहमले दुई गोल गर्दै महत्त्वपूर्ण तीन अंक हात पार्‍यो।

    खेलको ७७औँ मिनेटमा चेल्सीका गोलरक्षक माइक पेन्डर्सको आत्मघाती गोलबाट टोटेनहमले अग्रता लिएको थियो। माटियस फर्नान्डेसले प्रहार गरेको कर्नर बल रोक्ने क्रममा पेन्डर्सले आफ्नै पोस्टमा बल पुर्‍याएका थिए।

    images
    images

    त्यसको केही समयपछि चेल्सीलाई अर्को झट्का लाग्यो। खेलको ८०औँ मिनेटमा कोल पाल्मरले दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्डको सामना गर्दै मैदान छाड्नुपर्‍यो। त्यसपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो।

    खेलको ८७औँ मिनेटमा माथिस टेलले उत्कृष्ट गोल गर्दै टोटेनहमको जित सुनिश्चित गरे। उनले व्यक्तिगत कौशल प्रदर्शन गर्दै बललाई जाली चुमाएका थिए। 

    यस जितसँगै टोटेनहमले लिगमा लगातार दोस्रो जित निकालेको छ। चेल्सीको घरेलु मैदानमा सन् २०१८ पछि पहिलो पटक जित निकाल्नु पनि टोटेनहमका लागि विशेष उपलब्धि बनेको छ।

    जितपछि टोटेनहम ९ अंकसहित तालिकाको १२औँ स्थानमा उक्लिएको छ भने चेल्सी १३ अंकसहित चौथो स्थानमा रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend