images

२०८३ कार्तिक ९ गते

images
images
images
  • पूर्वाधार
  • ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल निर्माण...
छठअघि सञ्चालनमा ल्याउने लक्ष्य,

ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल निर्माण अन्तिम चरणमा

ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल निर्माण अन्तिम चरणमा

images
images
आइतवार, कार्तिक ९ २०८३
आइतवार, कार्तिक ९ २०८३
  • ललितपुर । ललितपुरको कुसुन्ती हाइटस्थित चक्रपथ क्षेत्रमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ। पुललाई छठ पर्वअघि वा त्यसलगत्तै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको भए पनि उद्घाटनको निश्चित मिति भने सार्वजनिक गरिएको छैन।

    images
    images

    ललितपुर महानगरपालिका–१३ स्थित चक्रपथ क्षेत्रमा निर्माण भइरहेको उक्त पुल करिब चार करोड ६८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो। २०८० फागुनमा निर्माण सुरु गरिएको पुल सम्झौताअनुसार एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, प्राविधिक समस्या तथा निर्माण प्रक्रियामा देखिएका विभिन्न जटिलताका कारण निर्धारित समयमै निर्माण सम्पन्न हुन सकेन।

    पुलमा दुवैतर्फ लिफ्टको व्यवस्था गरिएको छ। यसबाट विशेषगरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बिरामी तथा बालबालिकालाई सडक वारपार गर्न सहज हुने अपेक्षा गरिएको छ।

    images
    images

    व्यस्त चक्रपथमा पैदलयात्रीलाई सुरक्षित रूपमा सडक वारपार गराउने र सम्भावित सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पुल निर्माण गरिएको हो। लिफ्टसहितको संरचनाले शारीरिक रूपमा असहजता भएका व्यक्तिलाई समेत सडक पार गर्न सहज बनाउने विश्वास गरिएको छ।

    निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि कुसुन्ती हाइट तथा आसपासका क्षेत्रमा आवतजावत गर्ने पैदलयात्री लाभान्वित हुने अपेक्षा गरिएको छ। सार्वजनिक पूर्वाधारलाई थप पहुँचयोग्य बनाउने दृष्टिले पनि यो पुललाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

    यद्यपि, पुल सञ्चालनमा आउने अन्तिम मिति र उद्घाटन सम्बन्धी औपचारिक जानकारी सार्वजनिक हुन बाँकी छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend