images

२०८३ कार्तिक ८ गते

images
images
images
चीनद्वारा आपत्कालीन प्रतिक्रिया सुरु

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प,

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प,

images
images
शुक्रवार, कार्तिक ७ २०८३
शुक्रवार, कार्तिक ७ २०८३
  • काठमाडौं । चीनको उत्तरी तिब्बत क्षेत्रमा बिहीबार राति ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि चिनियाँ अधिकारीहरूले आपत्कालीन प्रतिक्रिया सुरु गरेका छन्। भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण भने सार्वजनिक भएको छैन।

    images
    images

    भूकम्पपछि अधिकारीहरूले प्रभावित क्षेत्रको अवस्था आकलन गर्नुका साथै सम्भावित क्षतिको विवरण सङ्कलन गरिरहेका छन्। भूकम्पको धक्का चीनसहित भारत र म्यानमारका विभिन्न क्षेत्रमा समेत महसुस गरिएको थियो।

    चीन भूकम्प नेटवर्क केन्द्र (सीईएनसी) का अनुसार नेपाली समयअनुसार राति ८ः१८ बजे भूकम्प गएको हो। यसको केन्द्रबिन्दु चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत नाग्कु सहरको बाकेन काउन्टीमा रहेको थियो।

    images
    images

    भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा गएको बताइएको छ। केन्द्रबिन्दु आसपासको क्षेत्र समुद्री सतहबाट औसत ४ हजार ८६४ मिटर उचाइमा रहेको दुर्गम तथा उच्च पहाडी भूभाग हो।

    अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले पनि तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरेको छ। रोयटर्सका अनुसार यो जनवरी २०२४ पछि चीनमा गएको सबैभन्दा शक्तिशाली भूकम्प हो। भूकम्पको केन्द्रबिन्दु तिब्बतको राजधानी ल्हासाबाट करिब ४०० किलोमिटर टाढा रहेको छ।

    यसअघि सन् २०१० मा चीनको छिङहाई प्रान्तस्थित युशु क्षेत्रमा ७।१ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त विपत्तिमा कम्तीमा २ हजार ६९८ जनाको मृत्यु भएको थियो भने करिब ३०० जना बेपत्ता भएका थिए।

    हालको भूकम्पबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेकाले प्रभावित क्षेत्रको अवस्थाबारे थप जानकारीको प्रतीक्षा गरिएको छ।

    एजेन्सीको सहयोगमा

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend