images

२०८३ आश्विन १८ गते

images
images
images
  • अटो
  • करीव तीस लाख मूल्य पर्ने बीवाइडीको...

करीव तीस लाख मूल्य पर्ने बीवाइडीको ह्याचव्याक कार सिगल नेपाल आउने

करीव तीस लाख मूल्य पर्ने बीवाइडीको ह्याचव्याक कार सिगल नेपाल आउने

images
images
शनिवार, मंसिर १ २०८१
शनिवार, मंसिर १ २०८१
  • बीवाइडीको ह्याचव्याक कार सिगल नेपाल आउने भएको छ । बीवाइडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेस इंक प्रालिले सिगल नेपालमा ल्याउन लागेको हो । कम्पनीले सन् २०२५ को सुरुवातबाट नै बिक्री गर्ने भएको हो ।

    images
    images

    कम्पनीको यो सबैभन्दा सानो र सस्तो ह्याचव्याक कार हो । साइमेस इंकले परिक्षण गर्नका लागि पठाएको एक युनिट सिगल भन्सार नाकामा  आइपुगिसकेको छ ।  कम्पनीले आफ्नो इन्ट्री लेभल मोडल नेपाल ल्याउन लागेको हो । त्यसको टेष्ट लगायतका प्रक्रिया पुरा गरेर कम्पनीले नेपालमा यसको बिक्री सुरु गर्नेछ ।

    बीवाइडीले चीनमा पहिलो पटक सिगल अपग्रेड गरेको थियो । अपडेट पश्चात उक्त कार नेपालमा ल्याइने भएको हो । सिगल ह्याचव्याक कार ३०.०८ र ३८.८८ किलोवाट आवरको ब्याट्रीका साथ पाइनेछ । सिगल बीवाइडीको ई–प्लेटफर्म ३.० मा बनेको हो । यो इलेक्ट्रीक एड्जस्टेवल ड्राइभर सिट सहित आउनुका साथै इन्टेरियरमा ७ इन्चको इन्ट्रुमेन्ट क्लष्टर, १०.१ इन्चको रोटेवल इन्फोटेन्टमेन्ट सिस्टम, ओटीए अपडेट, चार स्पीकर, भ्वाइस इन्ट्रिगेसन, किलेस इन्ट्री लगायतका फिचर छन् ।

    images
    images

    सिगलमा ५५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर उपलब्ध छ। यसमा रहेको ठूलो ब्याट्रीले ४०५ किलोमिटरसम्म रेन्ज दिने बताइएको छ । यो कारले डिसी फास्ट चार्जर सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।

    बीवाइडीको सानो ह्याचव्याक कार सिगल साढे ९ हजार देखि १२ हजार अमेरिकी डलर सम्म पर्दछ । यसरी, नेपाली बजारमा यस कारको मूल्य ३० लाख रूपैयाँ हाराहारी पर्ने अनुमान गरिएको छ ।यद्यपि, यसको मूल्यका विषयमा हाल सम्म कम्पनीले कुनै जानकारी दिएको छैन ।

    चीनमा बिक्री गर्दा कम्पनीको सबैभन्दा कम मूल्यको ह्याचव्याक कार नेपालमा पनि बीवाइडीको सबैभन्दा सस्तो मोडल बन्ने कम्पनीको भनाइ छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend