images

२०८३ आश्विन १८ गते

images
images
images

गरिमा विकास बैंक र नेपाल विद्युत् उद्यमी महासंघबीच सहकार्य

गरिमा विकास बैंक र नेपाल विद्युत् उद्यमी महासंघबीच सहकार्य

images
images
शुक्रवार, कार्तिक ३० २०८१
शुक्रवार, कार्तिक ३० २०८१
  • काठमाडौँः गरिमा विकास बैंक लिमिटेड र विद्युतीय उपकरण सम्बन्धी उद्यमीहरूको छाता संगठन (नेपाल विद्युत् उद्यमी महासंघ) बीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ।

    images
    images

    हालै बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी र महासंघको तर्फबाट अध्यक्ष रेशम प्रसाद देवकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

    यस सम्झौता पश्चात महासंघले उक्त संघमा आबद्ध विद्युतीय उपकरण सम्बन्धी उद्यमीहरुलाई बैंकमा व्यावसायिक सम्बन्ध स्थापित गरी बैंकिङ्ग कारोबार गर्नका लागि सहजीकरण गर्नेछ। र सो संघमा आवद्ध उद्यमीहरुले बैंकबाट विकास बैंकले केही समयअधि सार्वजनिक गरेको आर्कषक व्याजदर योजना अन्तर्गत ८.४८ प्रतिशतमा व्यवसायिक अधिविकर्ष कर्जा तथा ०.७५ प्रतिशत प्रिमियम दरमा साना तथा मझौला व्यवसाय कर्जा कर्जा प्राप्त गर्नुका साथै प्रचलित ऐन नियमको परिधिभित्र रही सरल तथा सहज तवरबाट घर कर्जा, सवारी कर्जा, शेयर कर्जा, सुनचाँदी धितो कर्जा, क्रेडिट कार्ड लगायतका सुविधाहरू समेत प्राप्त गर्नेछन्। 

    images
    images

    सो प्रयोजनको लागि विकास बैंकले छुट्टै कर्जा डेस्क समेत स्थापना गरी कार्य गर्नेछ। बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र ५१ वटा एटिएम मार्फत ग्राहकहरूलाई सेवा दिइरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend