images

२०८३ आश्विन १८ गते

images
images
images

नेपाल बीमा प्राधिकरण र ASN बीच समझदारीपत्रमा हस्ताक्षर

नेपाल बीमा प्राधिकरण र ASN बीच समझदारीपत्रमा हस्ताक्षर

images
images
शुक्रवार, कार्तिक ३० २०८१
शुक्रवार, कार्तिक ३० २०८१
  • काठमाडौँ - नेपाल बीमा प्राधिकरण र एक्चुरियल सोसाइटी अफ नेपाल (ASN)बीच बीमाङ्कीय विज्ञान सम्बन्धमा समन्वयात्मक ढङ्गले कार्य गर्ने सम्बन्धी समझदारी भएको छ ।

    images
    images

    नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र (ASN) का अध्यक्ष प्रेक्षा माथेमाले आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा यस सम्बन्धी समझदारीपत्र (Memorandum of Understanding)मा हस्ताक्षर गरे  ।

    समझदारीपत्रमा प्राधिकरण र सोसाइटीले बीमाङ्कीय विज्ञान सम्बन्धमा समन्वयात्मकढङ्गले कार्य गरी बीमा क्षेत्रमा थप योगदान पुर्‍याउनका लागि आपसी समझदारी गर्ने लगायतका विषयहरु समेटिएका छन् ।

    images
    images

    यसैगरी, प्राधिकरण र सोसाइटीको साझेदारीमा बीमा तथा बीमाङ्कीय विज्ञान सम्बन्धी अध्ययन एवम् अनुसन्धान सम्बन्धी कार्य गर्ने, यससम्बन्धी ज्ञानको आदान प्रदान गर्ने र तालिम, कार्यशाला तथा सम्मेलन आयोजना गर्ने उल्लेख छ । 

    कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुङ्गेल (अधिकारी) उपस्थित थिए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend