images

२०८३ आश्विन १९ गते

images
images
images

नेपाल टेलिकमको आम्दानी र नाफा घट्यो

नेपाल टेलिकमको आम्दानी र नाफा घट्यो

images
images
शुक्रवार, कार्तिक ३० २०८१
शुक्रवार, कार्तिक ३० २०८१
  • काठमाडौं । नेपाल टेलिकमको चालू आर्थिक वर्ष २०८१-०८२ को पहिलो त्रैमासिक अवधिमा आम्दानी र मुनाफा घटेको छ ।

    images
    images

    टेलिकमका अनुसार,  चालू आवको प्रथम त्रैमासिकसम्म कुल आम्दानी १० अर्ब ६ करोड ३७ लाख ३५ हजार  रहेको थियो । उक्त रकम गत आवको सोही त्रैमासिकको कूल आय १० अर्ब ६४ करोड ८७ लाख ९२ हजार रुपैयाँ रहेको थियो ।अघिल्लो त्रैमासको तुलनामा टेलिकमको ५८ करोड ५० लाख ५७ हजार रुपैयाँले आम्दानी घटेको छ । त्यस्तै चालू आवको खुद मुनाफा  १ अर्ब ७३ करोड ९५ लाख ८९ हजार रहेको छ ।

    उक्त रकम गत आवको सोही अवधिको  खुद मुनाफा २ अर्ब २ करोड ७४ लाख ३१ हजार रुपैयाँ रहेको थियो । जुन नाफा गत आवको तुलनामा २८ करोड ७८ लाख ४१ हजार रुपैयाँले नाफामा कमी आएको हो ।

    images
    images

    चालू आव को कुल सञ्चालन आय ८ अर्ब ६८ करोड १ लाख ८५ हजार रहेको छ।  उक्त रकम गत आ.व। को सोही अवधिको कुल सञ्चालन आय रु ८ अर्व ५८ करोड ५० लाख ६३ हजारको तुलनामा ९ करोड ५१ लाख २२ हजारको (अर्थात्  १.११ प्रतिशत) ले बढेको टेलिकमले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend