images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • सौगात मल्लको ‘जुबा’को छायाङ्कन सकियो, ९०...

सौगात मल्लको ‘जुबा’को छायाङ्कन सकियो, ९० दिनमा पूरा भयो काम

सौगात मल्लको ‘जुबा’को छायाङ्कन सकियो, ९० दिनमा पूरा भयो काम

images
images
बुधवार, आश्विन २१ २०८३
बुधवार, आश्विन २१ २०८३
  • काठमाडौँ । सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘जुबा’को छायाङ्कन सम्पन्न  सकिएको छ । अस्त्र फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्रको छायाङ्कन ९० दिनमा पूरा भएको निर्माण टिमले जानकारी दियो ।चलचित्र नेपालको सर्लाही, दाप्चा, काठमाडौँ र भक्तपुरसँगै भारतको राजस्थानमा छायाङ्कन गरिएको हो ।

    images
    images

    अस्त्र फिल्मसको ब्यानरमा निर्मित चलचित्र ‘जुबा’की निर्मात्री सजना थापा हुन् भने सहनिर्माता शेखर पाण्डे हुन् । चलचित्रको कथा तथा निर्देशन प्रकाश कर्णको रहेको छ भने लेखन वर्षा पौडेलले गरेकी छन् ।चलचित्रमा सौगात मल्लसँगै सोफी धरेल र सुधन पोखरेल मुख्य भूमिकामा छन् । सोफीले यसै चलचित्रबाट अभिनयमा डेब्यु गर्दैछिन् । चलचित्रकाे कथावस्तु अहिले गाेप्य राखिएकाे छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend