images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना...

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू, निगरानी र गस्ती बढाइयो

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू, निगरानी र गस्ती बढाइयो

images
images
बुधवार, आश्विन २१ २०८३
बुधवार, आश्विन २१ २०८३
  • पर्सा। जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजदेखि लागू गरेको छ।आगामी बडादसैँ, तिहार, नेपाल संवत् तथा छठलाई शान्तिपूर्ण, सुरक्षित, मर्यादित एवं उल्लासमय बनाउन सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।चाडपर्वका अवसरमा शान्ति सुरक्षालाई खलल तुल्याएर हुनसक्ने विभिन्न आपराधिक घटनालाई निस्तेज तृुल्याउन प्रहरीले उक्त सुरक्षा योजना कडाइका साथ लागू गर्ने जनाएको छ।

    images
    images

    प्रहरीले सवारी चालकलाई मादक पदार्थ सेवन गरी सवारी नचलाउन, जुवातास नखेल्न तथा आतीसबाजी नगर्नसमेत समाजका सबै तह र तप्कासँग अपिल गरेको छ।जिल्ला प्रहरी कार्यालयले सबै नागरिकलाई सुरक्षित तवरले चाडपर्व मनाउन तथा आपराधिक घटना र गतिविधिमा संलग्नबारे समयमै खबर गरी सुरक्षित समाज निर्माण गर्ने साझा जिम्मेवारी र दायित्व निर्वाह गर्न अनुरोध गरेको छ।प्रहरीको अनुरोधसम्बन्धी सूचनामा भनिएको छ, “चाडपर्वमा हुने आवतजावत, बजार तथा व्यापारिकस्थलमा हुने भीड, सार्वजनिक यातायातमा बढ्ने चाप, धार्मिक तथा सांस्कृतिक गतिविधिलगायतलाई मध्यनजर गर्दै शान्ति, सुरक्षा व्यवस्थालाई थप सुदृढ, प्रभावकारी एवं जनमैत्री विशेष निगरानी, गस्ती तथा चेकजाँचको व्यवस्था मिलाइएको छ।”

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend