images

२०८३ आश्विन १८ गते

images
images
images

गरिमा विकास बैंक र विद्युत उद्यमी महासंघबीच सहकार्य

गरिमा विकास बैंक र विद्युत उद्यमी महासंघबीच सहकार्य

images
images
बिहिवार, कार्तिक २९ २०८१
बिहिवार, कार्तिक २९ २०८१
  • काठमाडौं ।  गरिमा विकास बैंक लिमिटेड र विद्युतीय उपकरणसम्बन्धी उद्यमीहरुको छाता संगठन नेपाल विद्युत उद्यमी महासंघबीच सम्झौता भएको छ ।

    images
    images

    बुधबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री अनिल रेग्मी र नेपाल विद्युत उद्यमी महासंघको तर्फबाट अध्यक्ष श्री रेशम प्रसाद देवकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

    यस सम्झौतापश्चात् नेपाल विद्युत उद्यमी महासंघले उक्त संघमा आबद्ध विद्युतीय उपकरण सम्बन्धी उद्यमीहरुलाई गरिमा विकास बैंक लिमिटेडमा व्यावसायिक सम्बन्ध स्थापित गरी बैंकिङ्ग कारोबार गर्नका लागि सहजीकरण गर्नेछ ।

    images
    images

    सो संघमा आबद्ध उद्यमीहरुले गरिमा विकास बैंक लिमिटेडबाट विकास बैंकले केही समयअधि सार्वजनिक गरेको आर्कषक व्याजदर योजना अन्तर्गत ८.४८ प्रतिशतमा व्यवसायिक अधिविकर्ष कर्जा तथा ०.७५ प्रतिशत प्रिमियम दरमा साना तथा मझौला व्यवसाय कर्जा कर्जा प्राप्त गर्नुका साथै प्रचलित ऐन नियमको परिधिभित्र रही सरल तथा सहज तवरबाट घर कर्जा, सवारी कर्जा, शेयर कर्जा, सुनचाँदी धितो कर्जा, क्रेडिट कार्ड लगायतका सुविधाहरु समेत प्राप्त गर्नेछन । सो प्रयोजनको लागि विकास बैंकले छुट्टै कर्जा डेस्क समेत स्थापना गरी कार्य गर्नेछ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend