images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • बाढीपहिरोले अवरुद्ध बेनी–कोरला सडक खुलाउन मर्मत...

बाढीपहिरोले अवरुद्ध बेनी–कोरला सडक खुलाउन मर्मत तीव्र

बाढीपहिरोले अवरुद्ध बेनी–कोरला सडक खुलाउन मर्मत तीव्र

images
images
बुधवार, आश्विन १४ २०८३
बुधवार, आश्विन १४ २०८३
  • काठमाडौँ । बाढीपहिरोका कारण अवरुद्ध बेनी–मालढुंगा–कोरला सडकखण्डमा यातायात सञ्चालनका लागि सडक विभागले मर्मत तथा पुनःनिर्माणको काम तीव्र बनाएको छ ।सडक विभागका अनुसार घासा–कोरला सडकखण्डमा पहिरो हटाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । मुस्ताङ–बेनी सडकखण्डका विभिन्न स्थानमा काटिएको सडकको ‘ब्याक कटिङ’ तथा टेवा पर्खाल निर्माण गरी भोलि बेलुकीसम्म यातायात सञ्चालन गर्ने गरी काम भइरहेको विभागले जनाएको छ ।तातोपानी क्षेत्रमा काटिएको सडकको ‘ब्याक कटिङ’ तथा टेवा पर्खाल निर्माणको काम पूरा गरी आज बेलुकीसम्म यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

    images
    images

    त्यस्तै पोखरेबजार पुलको एप्रोच निर्माण भोलि बेलुकीसम्म सम्पन्न गरी यातायात सञ्चालन गर्ने तयारी भइरहेको सडक विभागले जनाएको छ ।रघुघाट जलविद्युत् आयोजनाको क्षेत्रमा काटिएको सडकमा पनि ‘ब्याक कटिङ’ तथा टेवा पर्खाल निर्माण गरी भोलि बेलुकीसम्म यातायात सञ्चालन गर्ने गरी काम भइरहेको छ ।यसैगरी मालढुंगा–बेनी सडकखण्डको केराबारीमा रहेको पहिरो क्षेत्रमा पनि ‘ब्याक कटिङ’ तथा टेवा पर्खाल निर्माण गरी यातायात सञ्चालन गर्ने काम भइरहेको सडक विभागले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend