images

२०८३ आश्विन १५ गते

images
images
images
  • शेयर
  • गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको संस्थापक...

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको संस्थापक सेयर बिक्रीमा

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको संस्थापक सेयर बिक्रीमा

images
images
बुधवार, आश्विन १४ २०८३
बुधवार, आश्विन १४ २०८३
  • काठमाडौँ ।   गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले ५१ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले सूचना जारी गर्दै ५१ हजार ६२४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।नेपाल राष्ट्र बैंकको नीति निर्देशन बमोजिम उक्त सेयरहरू कम्पनीकै हालका संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको छ । सेयर लिन इच्छुक संस्थापक सेयरधनीले ३५ दिन भित्र यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय हरिहरभवन, पुल्चोक, ललितपुरमा आफुले खरिद गर्न चाहेको सेयर कित्ताको व्यहोरा खुलाई निवेदन दिनु पर्नेछ ।

    images
    images

    तोकिएको समय भित्र उक्त सेयर खरिदको लागि हाल कायम कुनै पनि संस्थापक सेयरधनीहरूको निवेदन पेश हुन नआएमा प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकको नीति निर्देशन बमोजिम आम सर्वसाधराण लगानीकर्ताहरुका लागि सेयर बिक्री प्रक्रिया अगाडी बढाइने कम्पनीले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend