images

२०८३ आश्विन १५ गते

images
images
images
  • शेयर
  • एनआईसी एसिया इक्विटी अपोर्चुनिटी फन्डका इकाइमा...

एनआईसी एसिया इक्विटी अपोर्चुनिटी फन्डका इकाइमा आवेदन दिने आज अन्तिम दिन

एनआईसी एसिया इक्विटी अपोर्चुनिटी फन्डका इकाइमा आवेदन दिने आज अन्तिम दिन

images
images
मंगलवार, आश्विन १३ २०८३
मंगलवार, आश्विन १३ २०८३
  • काठमाडौं ।  एनआईसी एसिया क्यापिटल योजना व्यवस्थापक रही सञ्चालन हुने ‘एनआईसी एसिया इक्विटी अपोर्चुनिटी फन्ड’को इकाइमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । क्यापिटलले निष्काशन गरेको उक्त फण्डमा माग भन्दा बढी आवेदन परेकाले आज कार्यालय समय पछि इकाइमा आवेदन बन्द हुने भएको हो ।प्रतिइकाई मूल्य १० रुपैयाँ दरका ८ करोड इकाइमध्ये न्यूनतम १ लाख २० हजार वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत इकाइ कोष प्रवद्र्धक एनआईसी एसिया बैंकको लागि सुरक्षित राखी बाँकी ६ करोड ८० लाख इकाइ असोज ७ गतेदेखि असोज १३ गतेसम्म बिक्री खुला गरिएको थियो ।

    images
    images

    स्वीकृत विवरण पुस्तिकामा रहेको व्यवस्थाअनुसार उक्त योजनाको आकार ८० कारोड रुपैयाँबाट वृद्धि गरी १ अर्ब रुपैयाँसम्म कायम गर्न सकिने व्यवस्था रहेको छ । यो १० वर्ष अवधि रहेको छैटौँ बन्दमुखी योजना हो । योजनामा संकलित अधिकांश रकम धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरुमा लगानी गरिने योजना व्यवस्थापकले जनाएको छ।उक्त योजनामा संकलित रकम भविष्यमा राम्रो प्रतिफल दिन सक्ने र राम्रो ग्रोथ सम्भावन भएका कम्पनीहरुमा अध्ययन र अनुसन्धान गरी लगानी गरिने क्यापिटलले जनाएको छ । उक्त योजनाको न्यूनतम १०० इकाइ र अधिकतम १ करोड इकाइसम्मका लागि खरिद आवेदन दिन सकिन्छ भने इकाइ खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय र सीडीएससीको मेरो सेयर सफ्टवेयरमार्फत आवेदन दिन सकिनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend