images

२०८३ आश्विन १५ गते

images
images
images
  • शेयर
  • तीन कम्पनीको सेयरमूल्य समायोजन, कुनको मूल्य...

तीन कम्पनीको सेयरमूल्य समायोजन, कुनको मूल्य कति पुग्यो?

तीन कम्पनीको सेयरमूल्य समायोजन, कुनको मूल्य कति पुग्यो?

images
images
मंगलवार, आश्विन १३ २०८३
मंगलवार, आश्विन १३ २०८३
  • काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम पेन्ट्स र अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयरमूल्य समायोजन भएको हो ।साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । यही समायोजित मूल्यका आधारमा आज दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्नेछ ।

    images
    images

    अन्तिम दिनको कारोबारको आभारमा अरुण भ्यालिको सेयर मूल्य २५६ रुपैयाँ १९ पैसा कायम भएको छ । यो कम्पनीको सेयर मूल्य सोमबारको कारोबार बन्द हुँदा २६९ रुपैयाँ रहेको थियो । त्यस्तै सर्वोत्तम पेन्टको सेयर मूल्य समायोजन भएर प्रतिकित्ता १ हजार २१३ रुपैयाँ ६४ पैसा कायम भएको छ । सोमबारको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य १ हजार ३३५ रुपैयाँ रहेको थियो ।शाइन रेसुङ्गाको सोमबारको अन्तिम कारोबार मूल्य ४२८ रुपैयाँ ९० पैसा थियो भने समायोजन पछि मूल्य ४०४ रुपैयाँ ६२ पैसा कायम भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend