images

२०८३ आश्विन १५ गते

images
images
images
  • शेयर
  • एनआईसी एशिया इक्विटी फण्डमा तेस्रो दिनमै...

एनआईसी एशिया इक्विटी फण्डमा तेस्रो दिनमै मागभन्दा बढी आवेदन

एनआईसी एशिया इक्विटी फण्डमा तेस्रो दिनमै मागभन्दा बढी आवेदन

images
images
मंगलवार, आश्विन १३ २०८३
मंगलवार, आश्विन १३ २०८३
  • काठमाडौं । एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको एनआईसी एशिया इक्विटी अपर्च्युनिटी फण्डमा निष्काशनको तेस्रो कार्यदिनमै मागभन्दा बढी रकमको आवेदन परेको छ। फण्डमा बुधबार साँझ ५ बजेसम्म ८० करोड रुपैयाँभन्दा बढीको इकाई खरिदका लागि आवेदन परेको क्यापिटलले जनाएको छ।माग उच्च भएपछि क्यापिटलले इकाई खरिद आवेदन लिने अवधि एक दिनअघि नै बन्द गर्ने भएको छ। यसअनुसार असोज ७ गतेदेखि इकाई बिक्री खुला गरिएकोमा असोज १३ गते बुधबार बैंकिङ समय सकिएपछि आवेदन संकलन बन्द हुनेछ।

    images
    images

    फण्डको प्रारम्भिक आकार ८० करोड रुपैयाँ रहेको छ। स्वीकृत विवरण पुस्तिकामा भएको व्यवस्थाअनुसार माग थप बढेमा योजनाको आकार बढाएर अधिकतम १ अर्ब रुपैयाँसम्म पुर्‍याउन सकिनेछ। त्यसका लागि असोज १३ गते बैंकिङ समयभित्र प्राप्त हुने आवेदनलाई आधार मानिनेछ।फण्डका कुल ८ करोड इकाईमध्ये न्यूनतम १ करोड २० लाख इकाई वा बिक्री भएको कुल इकाईको कम्तीमा १५ प्रतिशत इकाई योजना प्रवर्द्धक एनआईसी एशिया बैंकका लागि सुरक्षित गरिएको छ। बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारण तथा संस्थागत लगानीकर्ताका लागि बिक्रीमा राखिएको थियो।

    एनआईसी एशिया इक्विटी अपर्च्युनिटी फण्ड १० वर्ष अवधिको छैठौं बन्दमुखी योजना हो। योजनामार्फत संकलन हुने रकमको ठूलो हिस्सा दोस्रो बजारमा सूचीकृत कम्पनीका धितोपत्रमा लगानी गर्ने तयारी गरिएको छ। क्यापिटलका अनुसार लगानी गर्दा कम्पनीको अध्ययन तथा अनुसन्धानका आधारमा भविष्यमा राम्रो प्रतिफल र वृद्धि सम्भावना भएका कम्पनी छनोट गरिनेछ।योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ। इकाई खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ प्रणालीमार्फत आवेदन दिन सकिन्छ।योजनामा नेपाली नागरिकसँगै गैरआवासीय नेपालीको परिचयपत्र प्राप्त व्यक्ति, कानूनबमोजिम दर्ता भएका नेपाली फर्म तथा संघ–संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र सञ्चय कोष, कल्याणकारी कोष, गुठी तथा अक्षय कोषलगायत विभिन्न संस्थागत कोषहरूले समेत इकाई खरिदका लागि आवेदन दिन सक्नेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend