images

२०८३ आश्विन २० गते

images
images
images

‘ह्रस्व दीर्घ’को गीत ‘भगवान नै आमा हुन्’ सार्वजनिक

‘ह्रस्व दीर्घ’को गीत ‘भगवान नै आमा हुन्’ सार्वजनिक

images
images
बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • काठमाडौं । चलचित्र ‘ह्रस्व दीर्घ’को दोस्रो गीत सार्वजनिक भएको छ । मंगलबार रिलिज भएको ‘भगवान नै आमा हुन्’ बोलको गीतमा आमाको महिमा वर्णन गरिएको छ ।

    images
    images

    सत्यराज आचार्यको स्वर रहेको गीतमा बाबुल गिरीको शब्दरचना र संगीत छ । सन्तानका लागि आमाले गर्ने संघर्ष, त्याग र समर्पणको भाव गीतमा प्रस्तुत गरिएको छ । 

    सार्वजनिक गीतको भिडियोमा अभिनेत्री विपना थापा आमाको भूमिकामा देखिएकी छन् । विपना ‘ह्रस्व दीर्घ’बाट १३ वर्षपछि नेपाली रजतपटमा कमब्याक गरेकी हुन् ।

    images
    images

    नीता फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा कार्यकारी निर्माता धनन्जय गलानी छन् । चलचित्रमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईंटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायत कलाकारको अभिनय छ ।

    अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका छन् । यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्वन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली चलचित्र हो ।अभिनेत्री निता ढुंगानाको लगानीमा निर्माण भएको यो चलचित्र नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुनेछ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend