काठमाडौँ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समिति, थापाथलीले करार सेवामा पदपूर्तिका लागि १५ जना पाँचौँ तहका स्टाफ नर्सहरूको माग गर्दै सूचना प्रकाशित गरेको छ। अस्पतालको स्वास्थ्य सेवातर्फ रिक्त रहेका यी पदहरूमा पदपूर्तिका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएका योग्य नेपाली नागरिकहरूले आवेदन दिन सक्नेछन् ।उम्मेदवारहरूको चयन लिखित तथा अन्तर्वार्ता परीक्षाको माध्यमबाट गरिनेछ ।
इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रकाशित भएको २१ दिनभित्र अर्थात् असोज २९ गते दिउँसो ३ बजेसम्म अस्पतालको प्रशासन शाखामा गई दरखास्त फाराम दर्ता गराउनुपर्नेछ।आवेदनका लागि उमेर १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । दरखास्त फाराम शुल्क ६ सय रुपैयाँ तोकिएको छ।





.gif)





