images

२०८३ आश्विन १९ गते

images
images
images
  • प्रविधि
  • सफ्टबैंक र एनभिडियाले सुरु गरे...

सफ्टबैंक र एनभिडियाले सुरु गरे विश्वकै पहिलो एआई र ५जी टेलिकम नेटवर्क

सफ्टबैंक र एनभिडियाले सुरु गरे विश्वकै पहिलो एआई र ५जी टेलिकम नेटवर्क

images
images
बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • काठमाडौं । प्रमुख चिप निर्माता एनभिडिया र सफ्टबैंकले विश्वकै पहिलो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा फाइभजी टेलिकम नेटवर्कको सुरुआत गरेका छन् ।

    images
    images

    यो नेटकर्वकले आर्टिफिसियल इन्टेलिजेन्स रेडियो एक्सेस नेटवर्क (एआई–आरएएन) प्रक्रियाबाट एआई र ५जीको वर्कलोडसँगै धान्ने कम्पनीले बताएको छ ।

    हाइस्पिड र धेरै डाटा प्रसारण गर्नसक्ने क्षमताको यो नेटवर्कमार्फत टाढैबाट स्वचालित सवारी साधन एवं रोबोटिक्स उपकरणलाई सञ्चालन गर्न सकिनेछ ।

    images
    images

    सफ्टबैंक ग्रुपका सीईओ मासायोशी सोनले एनभिडियाका सीईओ जेन्सेन हुआङसँगै एक एआई सम्मेलनमा बोल्दै अन्य टेल्कोले यो नयाँ लहर पछ्याउनु पर्ने टिप्पणी गरेका छन् ।

    एनभिडियाले आफ्नै जेनेरेटिभ एआई मोडल बनाउन विकास गरिरहेको सुपरकम्प्युटरका लागि बनाएको ब्ल्याकवेल चिप पहिलोपटक सफ्टबैंकलाई उपलब्ध गराइएको बताइएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend