images

२०८३ आश्विन १५ गते

images
images
images

गोठमै पुगेर खाेरेत खोप लगाइँदै

गोठमै पुगेर खाेरेत खोप लगाइँदै

images
images
बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  • झापा । गाईभैँसीमा खोरेतको सङ्क्रमण बढेसँगै जिल्लाका १५ वटै पालिकाका किसानले पालेका चौपायका गोठमै पुगी खोप लगाउने अभियान सुरु गरिएको छ ।मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा असोज १ गतेदेखिनै खोप लगाउन सुरु गरियो । सोबाहेकका १३ वटा पालिकामा बिहीबारदेखि खोप लगाइँदैछ । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईले खोप लगाउने अभियानअन्तर्गत जिल्लाका एक लाख ९० हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप लगाउने लक्ष्य लिइएको बताइन्।

    images
    images

    उनले कनकाई, कचनकबल, हल्दिबारी र मेचीनगरमा छ हजार ८४८ गाईभैँसीलाई खोप लगाइसकिएको जानकारी दिइन् । खोप अभियानअन्तर्गत फार्म र गोठमै पुगेर खोप लगाउन १५ वटै पालिकामा १२१ जना दक्ष प्राविधिक परिचालन गरिएको छ।असोज १५ गतेसम्ममा सबै १५ वटै पालिकाका ८० प्रतिशत गाईभैँसीलाई खोप लगाइसक्ने योजना बनाइएको उनले बताइन्। खोप अभियानका लागि कोशी प्रदेश सरकारबाट खोप र त्यसका लागि आवश्यक सामानग्री पालिकाहरूलाई उपलब्ध गराइएको छ । यसअघि झापामा खोरतविरुद्ध चौथो चरणको अभियान सम्पन्न भइसकेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend