images

२०८३ आश्विन १५ गते

images
images
images
  • शेयर
  • नेप्से ११.७७ अंकले बढ्यो, कारोबार रकम...

नेप्से ११.७७ अंकले बढ्यो, कारोबार रकम ५ अर्ब ४४ करोड

नेप्से ११.७७ अंकले बढ्यो, कारोबार रकम ५ अर्ब ४४ करोड

images
images
बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौँ । यो साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक बढेर कारोबार बन्द भएको छ । आज सेयर बजार ११.७७ अंकले बढेको हो । आजको कारोबार बन्द हुँदा परिसूचक २६२९.८१ विन्दु पुगेको छ । आज सेयर बजारमा १७६ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ९५ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्र्त ७ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । 

    images
    images

    त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि १.५५ अंकले बढेर ४६९.०१ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने १ वटाको सेयर मूल्य घटेको छ । परिसूचक बढेको दिन कारोबार रकम भने घटेको छ । आज ३५६ कम्पनीका १ करोड ७२ लाख ७० हजार ४४९ कित्ता सेयर ५१ हजार ७१६ पटक खरिद बिक्री हुँदा ५ अर्ब ४४ करोड ७३ लाख १३ हजार १६८ रुपैयाँको कारोबार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend