images

२०८३ आश्विन २० गते

images
images
images

चलचित्र ‘कार्साङ’का कलाकार जितु नेपालको क्यारेक्ट लुक्स सार्वजनिक

चलचित्र ‘कार्साङ’का कलाकार जितु नेपालको क्यारेक्ट लुक्स सार्वजनिक

images
images
बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • काठमाडौँ, २६ कात्तिकः चलचित्र ‘कार्साङ’का कलाकार जितु नेपालको क्यारेक्ट लुक्स सार्वजनिक गरिएको छ । 

    images
    images

    निर्माण पक्षले मंगलबार जितुको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो । जितुले चलचित्रको छायांकनको बेला सेटमा अन्य कलाकार सँग खिचेर पोष्ट गरेको फोटो सँग उहाँको क्यारेक्टर लुक्स मिल्दैन । क्यारेक्टर लुक्स हेर्दा जितुले ‘कार्साङ’मा क्यारेक्टरका लागि मिहिनेत गरेको देखिन्छ ।

    यस अघि दयाहाङ राईको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको थियो । यम शेर्पाको डेव्यु लेखन तथा निर्देशनमा निर्माण भएको यो चलचित्र आगामी पुस २६ गते देखि सिनेमा घरमा आउँदै छ । शेर्पा समुदायको संस्कृतिमा आधारित भएर बनेको यो चलचित्रमा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा हृयोल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित लगायतको अभिनय छ ।

    images
    images

    यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकार र निर्माता स्वयं हुनुहुन्छ । चलचित्रको सह–निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसर वीरेन्द्र शाही रहनु भएको छ । यो चलचित्रको अन्तर्राष्ट्रिय वितरक अघिकार हुल्या इभेन्टस सुमन पराजुली र सोमलाल थोकर लिएको छ भने देशभर वितरणको जिम्मेवारी आरआर फिल्मस्ले लिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend