काठमाडौँ । बोनस सेयर वितरणपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र स्नो रिभर्स लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ। दुवै कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेपछि नेप्सेले अघिल्लो कारोबार दिनको मूल्यका आधारमा समायोजित मूल्य निर्धारण गरेको हो।
सांग्रिला डेभलपमेन्ट बैंकको ४ प्रतिशत बोनस सेयर समायोजनपछि प्रतिकित्ता सेयरमूल्य ४१ रुपैयाँ ५४ पैसा कायम भएको छ। बुक क्लोज हुनुअघि बैंकको सेयर प्रतिकित्ता ४२८ रुपैयाँमा कारोबार भएको थियो।त्यस्तै, स्नो रिभर्स लिमिटेडको १० प्रतिशत बोनस सेयर समायोजनपछि प्रतिकित्ता सेयरमूल्य ८५९ रुपैयाँ ९ पैसा निर्धारण गरिएको छ। कम्पनीको बुक क्लोजअघिको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ९४५ रुपैयाँ थियो।




.gif)



