images

२०८३ आश्विन १५ गते

images
images
images

दुईवटा प्रयोगशालाले मात्र नभ्याएपछि नास्टमा पनि डीएनए परीक्षण

दुईवटा प्रयोगशालाले मात्र नभ्याएपछि नास्टमा पनि डीएनए परीक्षण

images
images
बुधवार, आश्विन ७ २०८३
बुधवार, आश्विन ७ २०८३
  • काठमाडौँ । हालैको बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएका मानिसहरूको पहिचान गर्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले डीएनए प्रोफाइलिङ (परीक्षण) को काम सुरु गरेको छ। विपद्का बेला धेरै मानिस हराएको र दुईवटा मात्र प्रयोगशालाले कामको चाप धान्न नसकेपछि मन्त्रीस्तरको पहलमा नास्टले पनि चिनियाँ उपकरण र विशेषज्ञको सहयोगमा डीएनए परीक्षण थालेको हो।नास्टका वरिष्ठ वैज्ञानिक तथा प्रवक्ता डाक्टर रामचन्द्र पौडेलले शवहरूको डीएनए परीक्षण गर्ने वैधानिक अधिकार राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीको फरेन्सिक ल्याबलाई मात्र भएको बताए। सुरुमा विपद् व्यवस्थापन प्राधिकरणले सङ्कलित नमुनालाई तिनै दुई निकायमा पठाउने निर्णय गरेको थियो। तर, ठुलो सङ्ख्यामा नमुना परीक्षण गर्नुपर्ने भएपछि छिटो काम सक्न नास्टलाई पनि यसमा समावेश गरिएको पौडेलले प्रस्ट पारे ।

    images
    images

    विधि विज्ञान प्रयोगशालामा भारतीय र प्रहरीको ल्याबमा अन्य विदेशी विशेषज्ञले सहयोग गरिरहेका छन्। नास्टमा भने चीन सरकारको सहयोगमा प्राप्त उपकरण जडान गरेर चिनियाँ विशेषज्ञको सहकार्यमा परीक्षण भइरहेको छ।नास्टका वैज्ञानिकहरूले चिनियाँ विशेषज्ञसँग तालिम लिने र क्षमता विकास गर्दै डाटा निकाल्ने काम गरिरहेका छन्। राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा आएका हड्डी र दाँतका नमुनामध्ये केही हिस्सा परीक्षणका लागि नास्टमा आउने गरेको छ। नास्टले हालसम्म प्रहरीसहितका निकायबाट ८०७ वटा नमुना प्राप्त गरिसकेको छ।विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नास्टको प्रयोगशाला नेपालमै डीएनए परीक्षण गर्ने सबैभन्दा ठुलो ल्याब भएको बताए। विधि विज्ञान प्रयोगशाला र प्रहरीको ल्याब सानो भएकाले बाँकी नमुनाहरू पनि नास्टमा ल्याउन आफूले समन्वय गर्ने मन्त्री पुनको भनाइ छ।

    बाढीपीडित परिवारलाई राहत दिन यो परीक्षण अत्यन्तै संवेदनशील भएको मन्त्री पुनले उल्लेख गरे । ‘बाढीमा परिवार गुमाएकाहरूलाई पूरै शव दिन नसके पनि शरीरको सानो टुक्रा मात्रै भए पनि बुझाउन डीएनए परीक्षण एक मात्र उपाय हो,. विशेषज्ञ टोलीलाई धन्यवाद दिँदै पुनले भने।यसैगरी, नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चिनियाँ विशेषज्ञ, उपकरण र कामको गतिको परिणाम सकारात्मक देखिएको बताए । विपद्मा परेकाहरूलाई मद्दत गर्न र बेपत्ताको पहिचान गर्न चीनले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता उनले जनाए । ‘कठिनाइहरू पार गर्न हामी मन्त्रालय र नास्टसँग नजिक रहेर पूर्ण रूपमा सहकार्य गर्नेछौँ,’ माओमिङले भने ।परीक्षणपछि निकालिएको डाटा विश्लेषणका लागि भने नास्टले पुनः फरेन्सिक ल्याबलाई नै पठाउने गरेको छ। नास्टले भविष्यमा पनि यस्ता दीर्घकालीन काममा सहयोग गर्न आफूहरू तयार रहेको जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend