images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • एनआईसी एसिया इक्विटी अपोर्चुनिटी फन्डका इकाइहरुमा...

एनआईसी एसिया इक्विटी अपोर्चुनिटी फन्डका इकाइहरुमा आजदेखि आवेदन दिन सकिने

एनआईसी एसिया इक्विटी अपोर्चुनिटी फन्डका इकाइहरुमा आजदेखि आवेदन दिन सकिने

images
images
बुधवार, आश्विन ७ २०८३
बुधवार, आश्विन ७ २०८३
  • काठमाडौँ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘एनआईसी एसिया इक्विटी अपोर्चुनिटी फन्ड’का इकाइहरुमा आजदेखि आवेदन दिन सकिने भएको छ । योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटलले उक्त योजनाका १० रुपैयाँ अंकित दरका कुल ८ करोड इकाइको बिक्री खुला गर्न लागेको हो ।

    images
    images

    कुल इकाइमध्ये बीज पुँजीबापत १ करोड २० लाख इकाइ कोष प्रवद्र्धक एनआईसी एसिया बैंकलाई सुरक्षित राखी बाँकी ६ करोड ८० लाख इकाइ सर्वसाधारणका लागि जारी गरिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् ।लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका साथै सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । यस योजनाको निष्कासन इकाइ बिक्री बन्द छिटोमा असोज १३ गते र ढिलोमा असोज २१ गते बैंकिङ समयपछि हुनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend