काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२।८३ को चौथो त्रैमासमा इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्था तथा ती संस्थाका सञ्चालक समितिका पदाधिकारी र प्रमुख कार्यकारी अधिकृतमाथि गरिएको कारबाहीको विवरण सार्वजनिक गरेको छ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी प्रचलित ऐन, नियम तथा राष्ट्र बैंकबाट जारी निर्देशन र नियामकीय व्यवस्थाको पालना नगर्ने इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थामाथि आवश्यक नियामकीय कारबाही गर्दै आएको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा आर्थिक वर्ष २०८२।८३ को चौथो त्रैमास अर्थात् वैशाखदेखि असारसम्मको अवधिमा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्था, तिनका सञ्चालक समितिका पदाधिकारी तथा प्रमुख कार्यकारी अधिकृतलाई गरिएको कारबाही समेटिएको छ।
लघुवित्त वित्तीय संस्थाको वित्तीय अनुशासन, संस्थागत सुशासन, नियामकीय अनुपालन तथा ग्राहकहित सुनिश्चित गर्न राष्ट्र बैंकले नियमित रूपमा अनुगमन तथा सुपरीवेक्षण गर्दै आएको छ। अनुगमनका क्रममा देखिएका कमजोरी तथा प्रचलित व्यवस्था उल्लङ्घन भएको अवस्थामा सम्बन्धित संस्था वा जिम्मेवार पदाधिकारीमाथि नियमानुसार कारबाही गरिने राष्ट्र बैंकको व्यवस्था छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको चौथो त्रैमासको कारबाही विवरणले लघुवित्त वित्तीय संस्थाहरूलाई नियामकीय व्यवस्था, वित्तीय अनुशासन तथा संस्थागत सुशासनको पूर्ण पालना गर्न थप जिम्मेवार बनाउने अपेक्षा गरिएको छ।





.gif)





