images

२०८३ आश्विन १५ गते

images
images
images

मिड सोलु हाइड्रोपावरको लाभांश घोषणा

मिड सोलु हाइड्रोपावरको लाभांश घोषणा

images
images
मंगलवार, आश्विन ६ २०८३
मंगलवार, आश्विन ६ २०८३
  • काठमाडौँ ।  मिड सोलु  हाइड्रोपावर  लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ५ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । 

    images
    images

    कम्पनीले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको चुक्ता पुँजी ८६ करोड ६ लाख ६० हजार रुपैयाँ रहेको छ । सो पुँजीको १५ प्रतिशत बराबर १२ करोड ९० लाख ९९ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरिएको छ । त्यस्तै कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ । यसबापत ६७ लाख ९४ हजार ६८४ रुपैयाँ नगद लाभांश वितरण हुनेछ ।प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूमा वितरण गरिने कम्पनीले जानकारी दिएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend