images

२०८३ आश्विन १५ गते

images
images
images
  • शेयर
  • नेप्सेको डाटा हब समस्या समाधान, आज...

नेप्सेको डाटा हब समस्या समाधान, आज सबै ब्रोकरबाट कारोबार सञ्चालन हुने

नेप्सेको डाटा हब समस्या समाधान, आज सबै ब्रोकरबाट कारोबार सञ्चालन हुने

images
images
मंगलवार, आश्विन ६ २०८३
मंगलवार, आश्विन ६ २०८३
  • काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सबै कारोबार आज पूर्ववत् रूपमा सञ्चालन हुने भएको छ । ७२ वटा ब्रोकर कम्पनीको डाटा व्यवस्थापन गरिरहेको डाटा हबको प्रणालीमा भएको समस्या समाधान भएसँगै आज सबै ब्रोकरबाट कारोबार सञ्चालन हुन लागेको हो । 

    images
    images

    यसअघि समस्या समाधान नहुँदा डाटा हब बाहेक अरू कम्पनीले डाटा व्यवस्थापन गरिरहेको ब्रोकरबाट मात्रै कारोबार सञ्चालनको तयारी गरिएको थियो ।आइतबारदेखि देखिएको समस्या मंगलबार बिहान मात्रै समाधान भएको हो । यसले गर्दा सोमबारको शेयर कारोबार ठप्प भएको थियो । नेपाल धितोपत्र बोर्डले यस सम्बन्धमा छानबिन गर्न एक साताको समय सीमासिहत निर्देशन दिइसकेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend