images

२०८३ आश्विन १५ गते

images
images
images
  • शेयर
  • डाटा सेन्टरमा समस्या देखिएपछि खुलेन सेयर...

डाटा सेन्टरमा समस्या देखिएपछि खुलेन सेयर बजार, कारोबार आज बन्द

डाटा सेन्टरमा समस्या देखिएपछि खुलेन सेयर बजार, कारोबार आज बन्द

images
images
सोमवार, आश्विन ५ २०८३
सोमवार, आश्विन ५ २०८३
  • काठमाडौँ । सेयर बजारको कारोबार आज बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्राविधिक कारणवश आज बजार खुल्न नसक्ने जनाएको छ ।नेप्सेका अनुसार नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीहरूको सर्भर राखिएको डाटा सेन्टर (डाटा हब) मा असोज ४ गते बिहानैदेखि प्राविधिक समस्या देखिएको थियो । सो समस्या समाधानका लागि प्रयास भइरहे पनि हालसम्म समाधान हुन नसकेको नेप्सेले जनाएको छ ।

    images
    images

    यो अवस्थामा यथास्थितिमा कारोबार सञ्चालन गर्दा नेप्सेको मुख्य कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने जोखिम देखिएकाले आजको नियमित कारोबार सत्र स्थगित गरिएको नेप्सेले जनाएको छ  प्राविधिक समस्यासँगै स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत बजार बन्द गर्न निवेदन दिएको थियो ।नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार सोमबारको कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend