images

२०८३ आश्विन १५ गते

images
images
images
  • शेयर
  • बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, यी माध्यमबाट...

बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, यी माध्यमबाट हेर्नुहोस् रिजल्ट

बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, यी माध्यमबाट हेर्नुहोस् रिजल्ट

images
images
सोमवार, आश्विन ५ २०८३
सोमवार, आश्विन ५ २०८३
  • काठमाडौँ । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडकाे  आईपीओ बाँडफाँड भएकाे छ । कम्पनी भदौ २२ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज बाँडफाँड गरिएकाे हाे।कम्पनीको आईपीओ निष्काशन एवं बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले आज सोमबार बिहान ९ बजे आईपीओ बाँडफाँड गरेको हो। कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २०० कित्ता आईपीओ बिक्री खुला गरेको थियो। बिक्री अवधिभर २३ लाख ६१ हजार १२४ जनाले २ करोड ६३ लाख ७१ हजार ७४० कित्ता माग गर्दै आवेदन दिएका थिए।

    images
    images

    मागभन्दा करिब ३० गुणा बढी आवेदन परेकाले गोलाप्रथा विधिद्वारा आईपीओ बाँडफाँड भएको हो। बाँडफाँडमा भाग्यशाली ८६ हजार ३२० जनाले १०–१० कित्ताका दरले आईपीओ हात पाएका छन् भने बाँकी आवेदकको हात खाली भएको छ।

    याे तरिकाबाट हेर्नुहाेस् नतिजा 

    images
    images

    https://iporesult.cdsc.com.np/

    https://www.nmbcl.com.np/ipo

    https://meroshare.cdsc.com.np/#/login

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend