images

२०८३ आश्विन १५ गते

images
images
images

आज बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड हुँदै

आज बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड हुँदै

images
images
सोमवार, आश्विन ५ २०८३
सोमवार, आश्विन ५ २०८३
  • काठमाडौँ । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ । कम्पनीले भदौ २२ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ असोज ५ गते आज बाँडफाँड हुन लागेको हो ।कम्पनीको आईपीओ निष्काशन एवं बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले आज बिहान ९ बजे बाँडफाँडको तयारी गरेको हो । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २०० कित्ता आईपीओ बिक्री खुला गरेको थियो। बिक्री अवधिभर २३ लाख ६१ हजार १२४ जनाले २ करोड ६३ लाख ७१ हजार ७४० कित्ता माग गर्दै आवेदन दिएका छन् ।

    images
    images

    मागभन्दा करिब ३० गुणा बढी आवेदन परेकाले गोलाप्रथाबाट आईपीओ बाँडफाँड हुनेछ । बाँडफाँडमा भाग्यशाली ८६ हजार ३२० जनाले १०/१० कित्ताका दरले आईपीओ हात पार्नेछन् भने बाँकी आवेदकको हात भने खाली हुनेछ। आईपीओमा मागभन्दा धेरै आवेदन परेका कारण १० कित्ता सेयर पाउन पनि भाग्यमै भर पर्नुपर्ने देखिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend