images

२०८३ आश्विन १५ गते

images
images
images

बेनी हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँड हुँदै

बेनी हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँड हुँदै

images
images
आइतवार, आश्विन ४ २०८३
आइतवार, आश्विन ४ २०८३
  • काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओ भोलि बाँडफाँड हुने भएको छ । कम्पनीले भदौ २२ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ असोज ५ गते भोलि बिहान बाँडफाँड हुन लागेको हो ।कम्पनीको आईपीओ निष्काशन एवं बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले सोमबार बिहान ९ बजे बाँडफाँडको तयारी गरेको हो। कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २०० कित्ता आईपीओ बिक्री खुला गरेको थियो। बिक्री अवधिभर २३ लाख ६१ हजार १२४ जनाले २ करोड ६३ लाख ७१ हजार ७४० कित्ता माग गर्दै आवेदन दिएका छन्।

    images
    images

    मागभन्दा करिब ३० गुणा बढी आवेदन परेकाले गोलाप्रथाबाट आईपीओ बाँडफाँड हुनेछ। बाँडफाँडमा भाग्यशाली ८६ हजार ३२० जनाले १०/१० कित्ताका दरले आईपीओ हात पार्नेछन् भने बाँकी आवेदकको हात भने खाली हुनेछ। आईपीओमा मागभन्दा धेरै आवेदन परेका कारण १० कित्ता सेयर पाउन पनि भाग्यमै भर पर्नुपर्ने देखिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend