काठमाडौं । सेयर धितो राखेर लगानीकर्ताहरुले बैंकहरुबाट १ खर्ब बढी कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको साउनसम्म बैंकहरुबाट १ खर्ब ६६ अर्ब ४२ करोड ६४ लाख रुपैयाँ सेयर धितो कर्जा गएको छ। अघिल्लो आर्थिक वर्ष २०८२/८३ को साउनसम्म बैंकहरुबाट १ खर्ब ४४ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ कर्जा गएको थियो। यो हिसाबले अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बैंकहरुबाट सेयर धितो कर्जा १५.१५ प्रतिशतले बढेको छ।चालु आर्थिक वर्षको साउनसम्म बैंकहरुबाट १ करोड रुपैयाँ माथिको रेन्जको कर्जा १ खर्ब १९ अर्ब ७० करोड २७ लाख रुपैयाँ सेयर धितो कर्जा गएको छ। अघिल्लो वर्ष साउनसम्म यो रेन्जको कर्जा १ खर्ब १ अर्ब ८० करोड ५८ लाख रुपैयाँ गएको थियो। यो रेन्जको कर्जाको माग १७.५८ प्रतिशतले बढेको छ।
समीक्षा अवधिसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १८ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १८ अर्ब ८२ करोड ५४ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ८ अर्ब ९० करोड ३२ लाख रुपैयाँ गएको छ। अघिल्लो वर्ष साउनसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १६ अर्ब ९१ करोड ७४ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १७ अर्ब ८ करोड ७४ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ८ अर्ब ७२ करोड ४० लाख रुपैयाँ गएको थियो।अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १२.२८ प्रतिशत, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १०.३४ प्रतिशत र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा भने २.०५ प्रतिशतले बढेको छ।




.gif)



