images

२०८३ आश्विन १५ गते

images
images
images
  • शेयर
  • दुई कम्पनीको सेयरमूल्य समायोजन, कुनको नयाँ...

दुई कम्पनीको सेयरमूल्य समायोजन, कुनको नयाँ मूल्य कति ?

दुई कम्पनीको सेयरमूल्य समायोजन, कुनको नयाँ मूल्य कति ?

images
images
आइतवार, आश्विन ४ २०८३
आइतवार, आश्विन ४ २०८३
  • काठमाडौँ । नेप्सेमा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा ग्लोबल आइएमई बैंक र नेपाल ल्यूब आयलको सेयर मूल्य समायोजन भएको हो ।साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले घोषणा गरेको बुकक्लोज मिति अघिको अन्तिम कारोबार दिन सकिएसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । यी दुबै कम्पनीहरुले भोली अर्थात असोज ५ गते बुकक्लोज गर्दैछ ।

    images
    images

    नेप्सेले ग्लोबल आइएमई बैंकको ४ प्रतिशत र नेपाल ल्यूब आयलको १५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजपश्चात ग्लोबल आइएमई बैंकको सेयरमूल्य २५० रुपैयाँ ८७ पैसा कायम भएको छ भने नेपाल ल्यूबको २४१ रुपैयाँ २२ पैसा कायम भएको छ ।नेप्सेले गत शुक्रबारको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको सेयरमूल्य समायोजन गरेको हो । गत शुक्रबार दोस्रो बजारमा ग्लोबल आइएमईको सेयर प्रतिकित्ता २६० रुपैयाँ ९० पैसा र नेपाल ल्यूबको २७७ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend