काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.८५ अकंले बढेर २६४७.२२ बिन्दुमा कायम भएको छ । आज ३४५ कम्पनीको २ करोड १२ लाख २७ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७४ करोडको कारोबार भएको हो ।आज ११ कम्पनीको सेयरमूल्यमा सुधार देखिएको छ । यसदिन फाइनान्स समूह र अन्य समूहका सेयरमूल्य भने घटेको हो । शुक्रबार १९६ कम्पनीको सेयरमूल्य बढेको छ भने ७४ कम्पनीको घटेको छ । ९ कम्पनीको सेयरमूल्य स्थिर रहेको हो ।
आज हिजोको तुलनामा कारोबार रकम बढेको हो । आज सबैभन्दा धेरै कुमारी बैंकको सेयर कारोबार भएको छ । आज यस बैंकको ३२ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । लक्ष्मी सनराइज बैंकको २७ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको २३ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै स्नो रिभर्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १३.६६ प्रतिशतका दरले कमाएका हुन् । इन्फिनिटी लघुवित्तका लगानीकर्ताले ९.८१ प्रतिशतका दरले कमाएका छन् । मैलुङ खोलाका लगानकिर्ताले ८.८४ प्रतिशतका दरले कमाएका छन् ।आज सबैभन्दा धेरै हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले गुमाएका हुन् ।




.gif)



