images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ५४...

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ५४ करोड मौज्दात, एक दिनमै थपियो २८ करोड

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ५४ करोड मौज्दात, एक दिनमै थपियो २८ करोड

images
images
शनिवार, भाद्र २७ २०८३
शनिवार, भाद्र २७ २०८३
  • काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आइतबार बिहान ९ बजेसम्म कोषमा रु १३ अर्ब ५४ करोड ९ लाख ३ हजार ११७ मौज्दात रहेको छ।

    images
    images

    कार्यालयका अनुसार भदौ २६ गते साँझ ५ बजेदेखि आज बिहानसम्म मात्रै कोषमा रु २८ करोड २० लाख १४ हजार ३६६ थपिएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौवटा बैंकमा रहेका खातामा जम्मा भएको हो।

    सरकारले यसअघि बाढी तथा विपद् प्रभावितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत उक्त कोषबाट रु १ अर्ब निकासा गरिसकेको छ।

    images
    images

    डलर खातामा पनि बढ्यो रकम

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषअन्तर्गत रहेका दुईवटा अमेरिकी डलर खातामा पनि सहयोग रकम बढिरहेको छ।

    भदौ २६ गते साँझ ५ बजेपछि ती खातामा १ लाख ५४ हजार ७७० अमेरिकी डलर थपिएको छ। यससँगै डलर खातामा रहेको कुल रकम २ करोड ३४ लाख ३८ हजार ८४७ अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

    बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि कोषमा स्वदेश तथा विदेशबाट आर्थिक सहयोग आउने क्रम जारी रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend