images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • अन्य कम्पनीका ग्यास सिलिन्डर साट्न साल्ट...

अन्य कम्पनीका ग्यास सिलिन्डर साट्न साल्ट ट्रेडिङलाई कठिन

अन्य कम्पनीका ग्यास सिलिन्डर साट्न साल्ट ट्रेडिङलाई कठिन

images
images
बुधवार, भाद्र २४ २०८३
बुधवार, भाद्र २४ २०८३
  • काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जुनसुकै कम्पनीको भए पनि खाली ग्यास सिलिन्डर साट्न पाउने व्यवस्था मिलाउन दिएको निर्देशन तत्काल कार्यान्वयन गर्नव्यावहारिक र प्राविधिकरुपमा  कठिनाइ रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको  छ।साल्ट ट्रेडिङ कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीले मन्त्रीस्तरबाट मौखिक निर्देशन आए पनि यसको कार्यान्वयनका लागि नेपाल आयल निगम तथा मन्त्रालयबाट औपचारिक निर्णय र कार्यविधि आवश्यक पर्ने बताए।

    images
    images

    राजभण्डारीका अनुसार हाल नेपालभरको ग्यास बजारमा साल्ट ट्रेडिङ (एसटिसी ग्यास) को हिस्सा निकै न्यून छ। ‘देशभरको कुल ग्यास बजारमा साल्ट ट्रेडिङको क्षमता तथा बजार हिस्सा जम्मा २ देखि ३.५ प्रतिशत मात्र छ। बाँकी माग ५७–५८ वटा निजी ग्यास उद्योगहरूले धानिरहेका छन्,’ उनले भने, ‘हाम्रो उत्पादन क्षमता सीमित भएको अवस्थामा अन्य सबै कम्पनीका सिलिन्डर साट्न आउने उपभोक्तालाई धान्न साल्ट ट्रेडिङ एक्लैको क्षमताले सम्भव छैन।’उनले उदाहरण दिँदै भने, 'कुल १०० सिलिन्डरमा साल्ट ट्रेडिङले ३ वटा मात्र उत्पादन गर्ने अवस्थामा २० देखि ५० प्रतिशत उपभोक्ता अन्य कम्पनीका सिलिन्डर लिएर आएमा आपूर्ति व्यवस्थापन गर्न नसकिने हुन्छ।'

    मन्त्रीको निर्देशनपछि अब कसरी अगाडि बढ्ने भन्नेबारे मन्त्रालय र नेपाल आयल निगमले निश्चित अनुपात (रेसियो) वा मोडालिटी तय गरेर लिखित निर्णय पठाएपछि मात्र प्रक्रिया अघि बढ्ने राजभण्डारीले जानकारी दिए। उनका अनुसार सरकारी निर्देशनलाई कसरी कार्यान्वयनयोग्य बनाउने भन्ने विषयमा सरोकारवाला निकायहरूसँग थप छलफल गरेर मात्र निष्कर्षमा पुग्न सकिनेछ। साल्ट ट्रेडिङले समेत ग्यास बेच्दै आएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend