images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • मुस्ताङ भन्सारको सम्पर्क कार्यालय डेढ दशकदेखि...

मुस्ताङ भन्सारको सम्पर्क कार्यालय डेढ दशकदेखि भाडामा, पूर्वाधार अभावले सेवा प्रभावित

मुस्ताङ भन्सारको सम्पर्क कार्यालय डेढ दशकदेखि भाडामा, पूर्वाधार अभावले सेवा प्रभावित

images
images
बिहिवार, भाद्र १८ २०८३
बिहिवार, भाद्र १८ २०८३
  • मुक्तिनाथ (मुस्ताङ)।चीनसँगको व्यापारिक कारोबारका लागि मुस्ताङको नाकामा चहलपहल बढ्दै जाँदा मुस्ताङ भन्सार कार्यालयको सदरमुकाम जोमसोमस्थित सम्पर्क कार्यालय डेढ दशकदेखि भाडामा सञ्चालन हुँदै आएको छ । घरपझोङ गाउँपालिकाका–४ मा करिब ६ रोपनी जमिन उपलब्ध भए पनि आवश्यक बजेट नहुँदा भवन निर्माण हुन सकेको छैन ।सम्पर्क कार्यालय अहिले बाहिरी जिल्लाबाट आउने कर्मचारीलाई हावापानी अनुकुल बनाउने गरी आवासगृहका रूपमा प्रयोग गरिएको छ । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–४,नेचुङमा मुख्य भन्सार कार्यालय रहेपनि सदरमुकाम जोमसोमको सम्पर्क कार्यालयबाट समेत भन्सारसम्बन्धी प्रशासनिक तथा महत्वपूर्ण काम गर्नुपर्ने अवस्थामा भौतिक पूर्वाधारसहित स्रोतसाम्रागीको अभावले प्रभावकारी प्रयोगमा आउन सकेको छैन । 

    images
    images

    भन्सार छलीसम्बन्धि कानुनी प्रक्रियासहित तापक्रम ऋणात्मक हुदाँ सदरमुकाममा रहेको सम्पर्क कार्यालयबाट कार्यसम्पादन गर्न सहज हुने भन्सार कार्यालय प्रमुख बिदुर चुडालले बताउनुभयो। चुडालले भन्नुभयो,‘‘भन्सार सेवालाई प्रभावकारी बनाउने प्रयासमा छौ,अब आधारभूत पूर्वाधारको तयारी गरी प्रयोगमा ल्याउँछौ ।’’ भन्सार कार्यालय प्रमुख चुडालले लेक लाग्ने समस्या भएका कर्मचारीलाई हावापानी अनुकुल हुने गरी सम्पर्क कार्यालयमा खटाउन सकिने र जाडोयाममा तीन महिना छोसेर र जोमसोमबाट सेवा दिनुपर्ने बताउनुभयो । चालु आव २०८३÷८४ मा भवन बनाउन रू ५० लाख रुपियाँ बजेट बिनियोजन भएपनि भवन कहाँ बनाउने भन्ने निश्चित छैन । उक्त बजेट पक्की संरचनाका लागिअपुग भएपछि रोकिएको छ । भन्सार कार्यालयले कोरला हुदै छोसेरबाट जाँचपास भएका र थप अनुसन्धान गर्नुपर्ने सवारीसाधनलाई जोमसोमको सार्वजनिक खेलमैदानलाई यार्डको रूपमा प्रयोग गर्ने गरेको छ । 

    मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लालचनले भन्सार कार्यालयलाई आवश्यक पर्ने न्यूनतम पूर्वाधार सदरमुकाममा नहुनुमा सम्बन्धित निकायको कमजोरी भएको बताउनुभयो । अध्यक्ष लालचनले भन्नुभयो, ‘‘अर्ब राजस्व संकलन गर्ने भन्सार पूर्वाधारयुक्त छैन, अब ढिलाइ गर्दा सेवा प्रवाहमै असर पर्छ,  भन्सार सेवालाई चुस्त बनाउन पूर्वाधार अनिवार्य भएकाले निजी क्षेत्रले सहकार्य गर्न तयार छ ।’’ सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाले नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएको भन्सार कार्यालय २०८० कात्तिक २७ देखि औपचारिक उदघाटन भएको थियो । विसं २०८२ भदौ ३० देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको थियो । उक्त नाकाबाट गत आवमा ६ अर्ब ९१ करोड राजस्व संकलन भएको थियो । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवाको टिमुरेस्थित भन्सार कार्यालय बगाएपछि रसुवागढीबाट हुने आयात चीनको तिब्बत हुँदै लिजी–नेचुङ (कोरला) नाकातर्फ डाइभर्ट हुन थालेको अवस्थामा भन्सार कार्यालयको भौतिक पूर्वाधार र जनशक्ति ब्यवस्थापन चुनौति देखिएको छ । 

    images
    images

    हाल समुन्द्रि सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा चिनियाँ भन्सारको आमने–सामने हुनेगरी कोरला नाकामा भन्सार प्रयोजनको पूर्वाधार निर्माण गर्न एक हजार रोपनी जग्गा अधिग्रहण गरिएको छ भने नाकाबाट १४ किलोमिटरको दूरीमा रहेको भन्सार कार्यालयमा समेत करिब तीनसय रोपनी जग्गा छ । भन्सारको नाममा पर्याप्त जग्गा भए पनि पूर्वाधारसहितको भन्सारलाई आवश्यक पर्ने उपकरणको अभाव छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend