images

२०८३ आश्विन १८ गते

images
images
images
  • अटो
  • मंगलबारदेखि बुटवलमा ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ...

मंगलबारदेखि बुटवलमा ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ हुने

मंगलबारदेखि बुटवलमा ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ हुने

images
images
आइतवार, कार्तिक २५ २०८१
आइतवार, कार्तिक २५ २०८१
  • काठमाडौं । नेपालका लागि दिपल, सेरेस र नामी इभी ब्रान्डको आधिकारिक वितरक एमएडब्लु वृद्धिले भैरहवा र बुटवललाई लक्षित गरेर यो क्षेत्रकै सबैभन्दा ठुलो ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ गर्ने भएको छ । एमएडब्लु वृद्धिले कालिका नगर, बुटवलस्थित क्लब डेनोभोमा आउँदो २७ कात्तिकदेखि तीन दिने ‘एक्सचेन्ड एन्ड टेस्ट ड्राइभ क्याम्प’ को आयोजना गर्न लागेको हो ।

    images
    images

    यो मेलामा इभी किन्न चाहने लुम्बिनी प्रदेशका ग्राहकले दिपल प्रिबजेट प्राइस ७१ लाख ९९ हजारमा, सेरेसमा नाडा अफर ४५ लाख ४९ हजार रुपैयाँ र नामी इभी किन्दा ७ किलोवाटको चार्जर फ्रि पाउन सक्ने जनाइएको छ ।साथै, टप ३ रिकन्डिसन हाउसबाट अभूतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लु वृद्धिबाट बेजोड ‘एक्सचेन्ज बोनस’ को फाइदा उठाउँदै नयाँ पुस्ताको इलेक्ट्रिक खरिद गर्न सक्नेछन् ।

    यसका अलावा ग्राहकले हरेक टेस्ट ड्राइभ र आफ्नो पुरानो गाडीको मूल्याङ्कनमा आकर्षक उपहार पाउनु हुनेछ । ‘अनस्पट फाइनान्सिङ’ र ‘अनस्पट डेलिभरी’ को व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ । साथै, दिपल, सेरेस र नामीलाई ८.४९ प्रतिशतको निश्चित ब्याज दरमा घर लान सकिने समेत बताइएको छ ।

    images
    images

    यी अफरहरू बाहेक एक्सचेन्ज क्याम्पमा आएर फ्युचरिस्टिक डिजाइन र फिचरले भरिएका दिपल, नामी र सेरेसको टेस्ट ड्राइभ गर्नेले ‘फुडस्टल’ र ‘लाइभ म्युजिक’ को मज्जा लिन सक्ने समेत जनाइएको छ । एमएडब्लु वृद्धिले एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पअघि दिपल र नामीको क्षेत्रीय लन्च पनि गर्ने योजना बनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend