images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • ५१ दिनपछि मेची राजमार्गको राजदुवाली खण्ड...

५१ दिनपछि मेची राजमार्गको राजदुवाली खण्ड खुल्यो, साना सवारी मात्र चल्न पाउने

५१ दिनपछि मेची राजमार्गको राजदुवाली खण्ड खुल्यो, साना सवारी मात्र चल्न पाउने

images
images
सोमवार, भाद्र १५ २०८३
सोमवार, भाद्र १५ २०८३
  • काठमाडौँ । पहिरोका कारण विगत ५१ दिनदेखि अवरुद्ध मेची राजमार्गको राजदुवाली खण्ड आजदेखि आंशिक रूपमा सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय, इलामका अनुसार निरन्तरको पुनस्र्थापना कार्यपछि सोमबार (२०८३ भदौ १५ गते) बिहानदेखि पहिलो चरणमा साना सवारी साधनका लागि सडक सुचारु गरिएको हो ।लामो समयसम्म सडक अवरुद्ध हुँदा मेची राजमार्ग भएर यात्रा गर्ने यात्रु र यातायात व्यवसायीहरू मर्कामा परेका थिए । सडक डिभिजनले पहिरो पन्छाउने र सडक मर्मत गर्ने कार्यलाई तीव्रता दिएसँगै साना सवारी साधन गुड्न सक्ने अवस्था बनेको हो ।

    images
    images

    साना सवारी साधन सञ्चालनमा आए पनि ठूला तथा मालबाहक सवारी साधनका लागि भने यो सडक खण्ड अझै खुल्ला गरिएको छैन । उक्त खण्डमा हाल पनि नाली निर्माण, टेवा पर्खाल निर्माण तथा ’डिवान्टरिङ वेल’ निर्माण जस्ता संवेदनशील मर्मत कार्यहरू जारी रहेकाले ठूला सवारीलाई रोक लगाइएको सडक डिभिजनले जनाएको छ ।सडक डिभिजन कार्यालय, इलामले भनेको छ, ‘संवेदनशील मर्मत कार्यहरू जारी रहेकाले ठूला तथा मालबाहक सवारी साधनहरूले मर्मत कार्य सम्पन्न नहुन्जेलसम्म वैकल्पिक सडक प्रयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।’निर्माण कार्य सम्पन्न हुनासाथ ठूला सवारी साधनका लागि पनि बाटो खुला गरिने कार्यालयले जानकारी दिएको छ । सडक डिभिजनले निर्माण कार्यमा सहयोग पु¥याउन सम्पूर्ण यातायात व्यवसायी, चालक तथा यात्रु महानुभावहरूमा आग्रह समेत गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend