images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • बाढीपीडितको राहतमा जुटे सेयर लगानीकर्ता, सरकारको...

बाढीपीडितको राहतमा जुटे सेयर लगानीकर्ता, सरकारको ‘एकद्वार प्रणाली’लाई समर्थन

बाढीपीडितको राहतमा जुटे सेयर लगानीकर्ता, सरकारको ‘एकद्वार प्रणाली’लाई समर्थन

images
images
सोमवार, भाद्र १५ २०८३
सोमवार, भाद्र १५ २०८३
  • काठमाडौँ । अहिले रसुवाबाट सुरु भएको बाढीको चपेटामा देश परेको छ। यसबाट रसुवा, नुवाकोट, धादिङ र चितवन प्रत्यक्ष रूपमा प्रभावित भएका छन् भने देशका अन्य भागमा पनि यसको गहिरो असर परेको छ। चीनतर्फबाट आएको यो बाढीले ठूलो जनधनको क्षति गरेको छ।नागरिकहरू बेपत्ता हुने र शव भेटिने दुखद क्रम अझै रोकिएको छैन।

    images
    images

    यस्तो विपत्तिको घडीमा देश-विदेशबाट सहयोग जुट्ने क्रम जारी छ। बाढीपहिरोको असर नेपाली सेयर बजारमा पनि देखिएको छ र बजार लगातार घटिरहेको छ। तर, यस्तो कठिन समयमा नाफा-घाटाभन्दा मानवता नै सबैभन्दा ठूलो कुरा हो भन्दै सेयर लगानीकर्ता र उनीहरूका विभिन्न संघसंस्थाहरू मा  आवद्ध सदस्य हरु राहतमा सक्रिय रूपले जुटेका छन्। सरकारले राहत संकलन पारदर्शी बनाउन ‘एकद्वार प्रणाली’ लागू गरेको छ। यसैलाई समर्थन गर्दै लगानीकर्ता संघ का सदस्य साथै संगठन बाहिर रहेका लगानीकर्ता हरु पनि  व्यक्तिगत रूपमै सरकारको खातामा सहयोग जम्मा गर्न अनुरोध गरिरहेका छन् ।  नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव रविन कँडेलले भने, 'हामीले संस्थागत रूपमा छुट्टै रकम उठाउनुभन्दा व्यक्तिगत रूपमै सरकारलाई सघाउनु अहिलेको मुख्य आवश्यकता हो।'

    विपत्ति को बेला आम नागरिक ले जसरी लगानीकर्ता हरु मार्फत हुने सहयोग ले महत्वपूर्ण योगदान पुर्याउने उनले बताए। त्यसैले, सरकारले तोकेको आधिकारिक बैंक खातामा सिधै रकम जम्मा गरिदिने या अन्य कुनै  तरिका ले सरकार सँग समन्वय गरी सहयो गगर्नु उपयुक्त हुने उनले बताए । लगानीकर्ताका आफनै खाले समस्या हरु छन् र पनि लगानीकर्ता हरुको यो जिम्मेवार भूमिका लाई सबैले समर्थन गरेका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend