images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • बजेटविहीन सुदूरपश्चिम सरकारले रसुवा बाढीपीडितलाई २...

बजेटविहीन सुदूरपश्चिम सरकारले रसुवा बाढीपीडितलाई २ करोड सहयोग गर्ने

बजेटविहीन सुदूरपश्चिम सरकारले रसुवा बाढीपीडितलाई २ करोड सहयोग गर्ने

images
images
सोमवार, भाद्र १५ २०८३
सोमवार, भाद्र १५ २०८३
  • धनगढी ।  प्रदेश सरकारसँग चालु आर्थिक वर्षको बजेट नभए पनि सुदूरपश्चिम प्रदेश सरकारले रसुवाका बाढीपीडितलाई २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । सरकारले बजेटअन्तर्गतको रकम नभई प्रदेश विपद् व्यवस्थापन कोषमा मौज्दात रहेको रकमबाट सहयोग गर्न लागेको हो ।मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीबाट प्रभावितका लागि २ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

    images
    images

    सुदूरपश्चिम प्रदेश सरकार अहिले डेढ महिनादेखि बजेटविहीन अवस्थामा छ । यसअघि कमलबहादुर शाह नेतृत्वको सरकारले चालु आर्थिक वर्षको बजेट ल्याए पनि प्रदेशसभाबाट पारित हुन नसकेपछि बजेट कार्यान्वयनमा आउन सकेको थिएन ।बजेट शून्यताको अवस्थामा पनि विपद्का लागि छुट्याइएको कोषमा रहेको रकम भने प्रयोग गर्न सकिने सरकारले जनाएको छ । प्रदेश विपद् व्यवस्थापन कोषमा अहिले करिब ५ देखि ७ करोड रुपैयाँ मौज्दात रहेको सरकारको भनाइ छ । सोही रकममध्ये २ करोड रुपैयाँ रसुवाका बाढीपीडितका लागि उपलब्ध गराउन लागिएको हो ।प्रदेश सरकारका प्रवक्ता तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले विपद् व्यवस्थापन कोषको रकम विपद्का बेला प्रयोग गर्न कानुनी अड्चन नरहेको बताए ।‘विपद् व्यवस्थापन कोषको रकम विपद्का बेला प्रयोग गर्न सकिन्छ । यसमा कुनै कानुनी अड्चन छैन । आज पैसा आज वा भोलिसम्म जम्मा हुन्छ, सम्भवतः भइसक्यो पनि होला,’ उनले भने ।

    सुदूरपश्चिम सरकार आफैँ आर्थिक संकटमा रहे पनि मानवीय सहयोगलाई प्राथमिकता दिँदै बाढीपीडितलाई सहयोग गर्ने निर्णय गरेको मन्त्री रावलले बताए ।प्रदेश सरकारसँग बजेट नहुँदा कर्मचारी तथा मन्त्रीहरूले समेत तलब पाउन नसकेको अवस्था छ । यस्तो अवस्थामा मुख्यमन्त्री र मन्त्रीहरूले आफ्नो एक महिनाको पारिश्रमिकसमेत रसुवा बाढीपीडितका लागि राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।सरकारले चालु आर्थिक वर्षको बजेट भने भदौ महिनाभित्रै ल्याउने तयारी गरिरहेको जनाएको छ । बजेट पुनर्लेखनको प्रक्रिया अघि बढिरहेको र जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने गरी नयाँ बजेट ल्याउने सरकारको दाबी छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend