images

२०८३ आश्विन १८ गते

images
images
images

स्मार्टच्वाईस टेक्नोलोजिज र स्मार्टकार्ड नेपालबिच सम्झौता

स्मार्टच्वाईस टेक्नोलोजिज र स्मार्टकार्ड नेपालबिच सम्झौता

images
images
शनिवार, कार्तिक २४ २०८१
शनिवार, कार्तिक २४ २०८१
  • काठमाडौं, २४ कात्तिक । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र भुक्तानी सेवा प्रदायक संस्था स्मार्टकार्ड नेपाल बिच “स्मार्ट क्यूआर” मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।

    images
    images

    यस सम्झौता पश्चात माईपे वालेट प्रयोगकर्ताले स्मार्ट क्यूआर मार्फत आफ्नो वालेट लोड गर्न मिल्ने र मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्नुका साथै विभिन्न व्यापार—व्यवसायमा संलग्न व्यवसायीहरुले क्यूआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा पनि लिन सक्नेछन् ।

    क्यूआर कोडका लागि प्रचलित अन्तराष्ट्रिय मापदण्ड इ.एम.भि. स्टान्डर्ड पालना गर्दै नेपाल क्यूआर स्टान्डर्ड अन्तर्गत जारी हुने स्मार्ट क्यूआर नेपालको पहिलो इन्टरअपरेवल क्यूआर कोड हो ।

    images
    images

    स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडको कार्यलयमा आयोजित कार्यक्रममा एससिटिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र माइ पे का तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले सेवा सञ्चालन सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    स्मार्ट क्युआर मार्फत हुने कारोबार बापतको रकम मर्चेन्टको खातामा तत्कालैे  फर्स्यौट  हुने भएकाले यस सेवाको सुरुवात पश्चात माईपे वालेटका प्रयोगकर्ता लगायत मर्चेन्टहरुलाई कारोबार गर्न झनै सजिलो हुने विश्वास रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend