काठमाडौँ — सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको बूढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरबीच बैंकका ग्राहकलाई छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।
शुक्रबार भएको सम्झौतापछि बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले लेमन ट्री प्रिमियरमा २० प्रतिशतसम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने बैंकले जनाएको छ । साथै नगदबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।




.gif)



