images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • आजको राशिफलः २०८३ भदौ ११ गते...

आजको राशिफलः २०८३ भदौ ११ गते बिहिवार

आजको राशिफलः २०८३ भदौ ११ गते बिहिवार

images
images
बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    images
    images

    अल्झिएको हिसाब आज मिलाउन सकिनेछ। कार्यक्षेत्रमा आफ्नो निर्णय आफैं लिनुपर्ने अवस्था आउला। बिहानको व्यस्ततापछि केही फुर्सद पाइनेछ। साँझ घरबाहिरको भेटघाट रमाइलो बन्न सक्छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

    वृष
    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    images
    images

    किनमेल गर्दा मूल्य र गुणस्तर दुवै हेर्नुहोला। अनलाइन भुक्तानी वा कागजी काममा एउटा कुरा दोहोर्‍याएर जाँच्नु ठीक हुन्छ। पढाइमा आज लेखेर अभ्यास गर्दा राम्रो बस्नेछ। बोलीमा मिठास राख्दा सम्बन्ध अझ न्यानो बन्नेछ। आजको शुभ रंग आकाशे हो भने शुभ अंक ४ रहेको छ।

    मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, हा

    व्यापारमा नयाँ वस्तु वा सेवाबारे बुझ्ने मौका मिल्नेछ। केही समयदेखि सिक्न खोजेको कुरा सुरु गर्न मन लाग्नेछ। छोटो दूरीको आवतजावत बढ्न सक्छ। आँखालाई लगातार मोबाइल हेर्नबाट जोगाउनु राम्रो। आजको शुभ रंग पहेंलो हो भने शुभ अंक ७ रहेको छ।

    कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    पुरानो कागजपत्र खोज्दै गर्दा आवश्यक कुरा हात पर्न सक्छ। घरको वातावरण सामान्यभन्दा शान्त रहनेछ। खानाको समय नमिल्दा पेटमा असर पर्न सक्छ त्यसैले समयमा खानुहोस्। दिउँसोपछि मन केही हलुका महसुस हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    सामाजिक कार्यक्रममा बोल्ने वा केही प्रस्तुत गर्ने जिम्मेवारी आउला। व्यक्तिगत रूपमा आफ्नो चाहनालाई पनि समय दिनु आवश्यक छ। धेरै चिल्लो खाना आज उपयुक्त नहुन सक्छ। सामाजिक कार्यमा समय व्यतीत हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ।

    कन्या
    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    बचतको विषयमा व्यवहारिक निर्णय लिन सकिनेछ। विद्यार्थीका लागि पुरानो गल्ती सच्याएर अगाडि बढ्ने समय हो। नजिकैको यात्राले दिनचर्यामा केही परिवर्तन ल्याउनेछ। शरीरमा पानीको मात्रा कम हुन नदिनुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।

    तुला
    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    आफ्नो कुरा राख्नुभन्दा अरूको भनाइ बुझ्नु बढी उपयोगी हुनेछ। साझेदारीमा रहेको कुनै विषयमा सहमति जुट्न सक्छ। सामाजिक भेटघाटमा नयाँ सम्बन्ध बन्ने सम्भावना छ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।

    वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    घरको कुनै जिम्मेवारी धैर्यपूर्वक सम्हाल्दा आफ्नो क्षमता महसुस हुनेछ। धार्मिक वा आध्यात्मिक विषयमा केही समय बिताउँदा मन स्थिर होला। शरीरलाई अत्यधिक थकाउने काम नगर्नुहोस्। आजको शुभ रंग गाढा निलो हो भने शुभ अंक ६ रहेको छ।

    धनु
    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    वैदेशिक विषयसंग जोडिएको काममा गति आउनेछ। नयाँ सीप सिक्ने अवसर मिल्नेछ। यात्राको क्रममा समय व्यवस्थापनमा ध्यान दिनुहोला। बिहानको हिँडडुलले शरीर फुर्तिलो राख्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

    मकर
    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    धेरै कुरा एकैपटक सम्हाल्नुभन्दा प्राथमिकता छुट्याउनु राम्रो हुन्छ। आफ्नो निर्णयमा अनावश्यक हस्तक्षेप मन नपर्न सक्छ। साँझ शान्त समय बिताउँदा सोच स्पष्ट हुनेछ। आजको शुभ रंग शाही निलो हो भने शुभ अंक ७ रहेको छ।

    कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    नयाँ प्रविधि वा डिजिटल माध्यमबाट काम गर्ने अवसर भेटिनेछ। सामाजिक क्षेत्रमा आफ्नो विचार राख्ने ठाउँ मिल्नेछ। मनोरञ्जनका लागि छुट्याएको समयले मानसिक थकान घटाउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

    मीन
    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    लेखन, कला वा कल्पनासँग जोडिएको काममा राम्रो ध्यान जानेछ। पैसाको मामिलामा सानो उपलब्धिले आत्मविश्वास बढाउनेछ। परिवारभन्दा बाहिरका व्यक्तिसँग आफ्नो गोप्य कुरा नभन्नुहोला। बिहानको हलुका व्यायाम लाभदायक हुनेछ। आजको शुभ रंग हल्का बैजनी हो भने शुभ अंक ६ रहेको छ।

    तपाईँको दिन शुभ रहोस् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend