images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • बाढीको संकटमा राज्यका सबै संयन्त्र परिचालन...

बाढीको संकटमा राज्यका सबै संयन्त्र परिचालन गर्न सभामुख अर्यालको निर्देशन

बाढीको संकटमा राज्यका सबै संयन्त्र परिचालन गर्न सभामुख अर्यालको निर्देशन

images
images
बुधवार, भाद्र १० २०८३
बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठुलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सभामुख अर्यालले घाइतेहरूको तत्काल उद्धार, बेपत्ताहरूको खोजी र पीडित तथा विस्थापितहरूलाई राहत उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराए।उनले भने– ‘यस दुःखद घडीमा राज्यका सम्पूर्ण संयन्त्र नै उद्धार, राहत र प्रभावित नागरिकको सहयोगमा जुट्नुपर्ने अवस्था रहेको छ। बाढी प्रभावित क्षेत्रमा आवश्यक समन्वय र उद्धार कार्यलाई तीव्रता दिन म नेपाल सरकारलाई निर्देशन दिन्छु।’

    images
    images

    सभामुख अर्यालले सरकारी निकायका साथै निजी क्षेत्र, गैरसरकारी संस्था र नागरिक समाजलाई समेत यो मानवीय सङ्कटको समयमा एकजुट भई सहयोग र समन्वयका लागि हार्दिक आग्रह गरे।मुलुकमा परेको यो ठुलो विपद् र संसद्मा समेत शोकको वातावरण रहेकाले आजको अन्य कार्यसूचीहरू थाती राख्दै सभामुखले प्रतिनिधिसभाको बैठक स्थगित गरेका छन्। प्रतिनिधिसभाको अर्को बैठक आगामी बिहीबार दिउँसो १ बजे बस्ने गरी तोकिएको छ।बाढीका कारण सिर्जना भएको सङ्कटलाई ध्यानमा राख्दै सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले बाढीको कारण र क्षतिको विवरणबारे सदनलाई जानकारी गराइसकेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend