images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • रसुवा–भोटेकोशी बाढी प्रभावित झन्डै ६ हजार...

रसुवा–भोटेकोशी बाढी प्रभावित झन्डै ६ हजार परिवारलाई रेडक्रसले प्रतिपरिवार रु एक लाख दिने

रसुवा–भोटेकोशी बाढी प्रभावित झन्डै ६ हजार परिवारलाई रेडक्रसले प्रतिपरिवार रु एक लाख दिने

images
images
बुधवार, आश्विन २१ २०८३
बुधवार, आश्विन २१ २०८३
  • काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई प्रतिपरिवार रु एक लाखका दरले नगद सहायता उपलब्ध गराउने भएको छ ।महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपाल रेडक्रसबीच यससम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बाढीबाट प्रभावित झन्डै छ हजार परिवारलाई नगद सहायता उपलब्ध गराउने प्रारम्भिक अनुमान गरिएको छ ।

    images
    images

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त तथ्याङ्क र आवश्यक प्रमाणीकरणका आधारमा लाभग्राही पहिचान गरी रकम सम्बन्धित परिवारको बैंक खातामा सिधै जम्मा गरिने नेपाल रेडक्रसले जनाएको छ ।बाढीबाट प्रभावित तथा विशेष जोखिममा रहेका महिला नेतृत्व भएका परिवार, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, सीमान्तकृत समुदाय तथा अन्य विशेष आवश्यकता भएका परिवारलाई प्राथमिकता दिइनेछ । नगद सहायता खाद्यान्न, स्वास्थ्य, सरसफाइ, घरायसी सामग्री तथा जीविकोपार्जनलगायत आवश्यकतामा प्रयोग गर्न सकिनेछ ।नेपाल रेडक्रसले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आवास, खानेपानी तथा सरसफाइ, मानसिक स्वास्थ्य, संरक्षण र अन्य मानवीय सहायता पनि निरन्तर जारी राखेको जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend