images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • भोटेकोशी बाढीपछि अर्थ मन्त्रालय सक्रिय, रसुवागढी...

भोटेकोशी बाढीपछि अर्थ मन्त्रालय सक्रिय, रसुवागढी नाकाको सुरक्षामा विशेष चासो

भोटेकोशी बाढीपछि अर्थ मन्त्रालय सक्रिय, रसुवागढी नाकाको सुरक्षामा विशेष चासो

images
images
बुधवार, भाद्र १० २०८३
बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी र त्यसले टिमुरे तथा स्याफ्रुबेँसी क्षेत्रमा पुर्‍याएको क्षतिप्रति अर्थ मन्त्रालयले चासो देखाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन रसुवा भन्सार कार्यालय र मातहतका निकायहरूसँग प्रत्यक्ष समन्वय सुरु गरेका हुन् ।

    images
    images

    केही घण्टाअघि भएको भोटेकोशीमा जलस्तर बढेर टिमुरे र स्याफ्रुबेँसी आसपासको क्षेत्रमा ठुलो सङ्कट पैदा भएको छ । बाढीपछिको अवस्थालाई सम्बोधन गर्न अर्थ मन्त्रालयको उच्च नेतृत्व टोली सक्रिय भएको छ । अर्थमन्त्री डा. वाग्लेको नेतृत्वमा मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय, भन्सार विभागका महानिर्देशक यमलाल भुसाल र अर्थ मन्त्रालय प्रशासनको टोलीले खोज, उद्धार र राहतका लागि आवश्यक समन्वय गरिरहेको मन्त्रालयले जनाएको छ।

    चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी र आसपासका भन्सार कार्यालयहरू बाढीको उच्च जोखिममा रहेकाले त्यहाँ रहेका कर्मचारी, सुरक्षाकर्मी र भौतिक संरचनाको सुरक्षाका लागि मन्त्रालयले विशेष निर्देशन दिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend