images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • रसुवामा भीषण बाढी: स्याफ्रुबेँसी र टिमुरेमा...

रसुवामा भीषण बाढी: स्याफ्रुबेँसी र टिमुरेमा गम्भीर क्षति, उच्च सतर्कता अपनाउन आग्रह

रसुवामा भीषण बाढी: स्याफ्रुबेँसी र टिमुरेमा गम्भीर क्षति, उच्च सतर्कता अपनाउन आग्रह

images
images
बुधवार, भाद्र १० २०८३
बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ। भीषण बाढीका कारण रसुवाका स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा गम्भीर क्षति भएको छ । सरकारले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा अन्य सरोकारवाला निकायहरूलाई उच्च सतर्कता अपनाउन, उद्धार तथा राहत तयारी अवस्थामा रहन र आवश्यक सबै कदम चाल्न निर्देशन दिएको छ।रसुवा र नुवाकोटका नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई विशेष सतर्कता अपनाउन सरकारले अनुरोध गरेको छ। नदी किनार, पहिरोको जोखिम भएका स्थान तथा अनावश्यक यात्रा नगर्नुहोस्। स्थानीय प्रशासन, सुरक्षा निकाय तथा आधिकारिक निकायबाट जारी सूचना र चेतावनीको पालना गर्नु अग्रह  गरेका छन्। यो अवस्था अझै विकसित हुन सक्ने भएकाले अफवाहभन्दा आधिकारिक सूचनामा विश्वास गरौँ, एकअर्कालाई सचेत गरौँ र आवश्यक परे तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिएको छ।

    images
    images

    बाढीपछि सम्भावित क्षति तथा प्रभावितको अवस्थाबारे जानकारी लिन र आवश्यक खोज तथा उद्धार कार्य अघि बढाउन सरकारी निकायबीच समन्वय भइरहेको छ। भन्सार कार्यालय तथा मातहतका निकायसँग अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय, भन्सार विभागका महानिर्देशक यमलाल भुसालसहित अर्थ मन्त्रालयको प्रशासनिक नेतृत्वले आवश्यक समन्वय गरिरहेको अर्थ मन्त्रालयले जनाएको छ।सरकारी निकायहरूबीच उद्धार, राहत तथा सम्भावित क्षतिको विवरण संकलनलगायतका काममा आवश्यक सहजीकरण भइरहेको बताइएको छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने आउन बाँकी छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend